शनिबार , जेठ २९, २०७८

बधाई ! अनिताको १६ गोलमा मासा ३५-० ले विजयी !

चैत्र १४, २०७७ शनिबार 701

काठमाडौं : नेपाली राष्ट्रिय टिमका चार खेलाडी आबद्द मासा युनाईटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्या’म्पियनसिपमा फराकिलो जित निकालेको छ ।

मंगलबार भएको खेलमा मासा युनाईटेडले कराची वुमन्सलाई ३५-० गोल अन्तरले पराजित गरेको हो । नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रिएको मासाको यो लगातार तेस्रो जित हो ।

मासाको जितमा नेपालकी अनिता केसीले १६ गोल गरिन् । यस्तै मिड’फिल्डर सरु लिम्बुले १० गोल गरिन् ।

अरिबाले ३ तथा सम्रोज समिरानाले दुई गोल गरिन् । गीता रानाले २ गोल गरिन् । गोलकिपर एन्जिलाले समेत २ गोल गरिन् ।

पहिलो खेलमा मासा युनाईटेडले सियालकोट सिटीलाई १९-० गोल अन्तरले परा’जित गरेको थियो ।


दोस्रो खेलमा मासाले हाइयर एजुकेसन कमिbसनलाई ४-० गोल अन्तरले हराएको थियो । -खेलपाटी

प्रतिकृया दिनुहोस्