२०७८ आश्विन १ शुक्रबार

काठमाडौं–रक्सौल रेलमार्ग ब्रोडगेजको निर्माण हुने दुई देशबीच डिपिआर समझदारीको तयारी !

काठमाडौ : भारत र चीन जोड्ने रेलमार्ग फरक गेजमा, चीन जोड्ने रेलमार्ग स्ट्यान्डर्ड गेज र भारत जोड्ने रेलमार्ग ब्रोडगेजमा निर्माण हुने अवस्था प्रस्ता’वित काठमाडौं–रक्सौल रेलमार्ग ब्रो’डगेजको हुने भएको छ ।

रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नेपाल र भारतबीच समझदारी हुने भएको छ । विस्तृत अध्ययनको काम अघि बढाउन समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गर्न दुवै देशका अधिकारीबीच औप’चारिक मिति तय गर्ने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात

मन्त्रालयका प्रवक्ता दीपककुमार भट्टराईले जानकारी दिए । समझदारीपत्रमा हस्ता’क्षरपछि भारतीय पक्षले डिपिआर अध्ययनको थालनी गर्नेछ । हालसम्म समझदारी नहुँदा अध्ययन थाल्न कठिनाइ भएको भन्दै भारतीय पक्षले चाँडो वातावरण तयार गर्न नेपाल सरकारलाई आ’ग्रह गर्दै आइरहेको छ । यसअघि २५ फागुनमा बसेको मन्त्रिप’रिषद् बैठकले

समझदारीपत्रलाई स्वीकृत गरी हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अ’ख्तियारी दिने निर्णय गरिसकेको छ । यस निर्णयसँगै दुई देशका अधिकारीबीच हस्ताक्षर गर्ने बाटो खुलेको हो । भारतीय पक्षले आफ्नो सबै रेल प्रणाली ब्रोडगेजको

भएकाले काठमाडाैं जोड्ने अन्तरदेशीय रेल’मार्गलाई पनि सोही प्रणालीको निर्माण गर्ने अडान राखेको थियो । त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाली उच्च अधिकारीसमक्ष ब्रोड’गेजमा बनाउने भनिसकेकाले त्यसलाई नै सदर गर्न नेपाली पक्षलाई मनाएको हो ।

भारतीय पक्षले ब्रोडगेजमा नै आफ्नो विशिष्टता रहेको भन्दै अघि बढाउनुपर्ने अडान राखेको थियो । दुई देशका अधिकारीहरूबीच भ’र्चुअल माध्यममार्फत भएको छलफलमा स्ट्यान्डर्ड गेज राख्न नेपाली पक्षले जोड दिएको थियो । अन्तिममा ब्रोडगेजमा नै रेलमार्ग निर्माण गर्ने समझदारी भएको हो ।

नेपाल सरकारले देशभित्र सञ्चालन हुने रेलमार्ग कुन गेजमा आधारित हुने स्प’ष्ट गरिसकेको छैन । सरकारी अधिकारी पनि आफूभन्दा माथिल्लो तहबाट निर्णय हुनुपर्ने भन्दै पन्छिने गरेका छन् । तर, भारत र चीन जोड्ने रेल’मार्ग भने दुई फरक गेजमा निर्माण हुने अवस्था सिर्जना भएको छ ।

चीन जोड्ने रेलमार्ग स्ट्या’न्डर्ड गेज र भारत जोड्ने रेलमार्ग ब्रोडगेजमा निर्माण हुने देखिएको छ । यसलाई सरकारले सघन छलफल चलाएर एउटा निष्कर्षमा पुग्नुपर्ने रेल विभागका पूर्वमहानिर्देशक अनन्त आचार्यले बताए ।

नेपाल आफैँले निर्माण गर्न लागेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग पनि अझै कुन गेजमा निर्माण हुने प्रस्ट छैन । केही खण्ड ब्रो”डगेजमा निर्माण गर्ने गरी डिजाइन गरेको छ । अन्य खण्डको भने कुन गेज राख्ने सरकार अझै अनि’र्णीत छ । सिमरादेखि तम्सरिया (बुटवल) सम्मको खण्डमा ब्रो’डगेज रहने गरी डिजाइन गरिएको छ ।

तर, त्यसबाहेकमा भने ब्रोड वा स्ट्या’न्डर्ड जुन राखे पनि मिल्ने गरी डिजाइन गरिएको छ । त्यसबाहेक नेपाल–भारत जोड्ने ५ वटा अन्तरदेशीय रेलमार्ग पनि भारतको सहयोगमा केही निर्माणाधीन र केही भविष्यमा बनाउने योजनामा छन् । ती सबै अन्तरदेशीय रेलमार्ग ब्रोडगेजमा निर्माण हुनेछन् ।

रेलमार्गमा गेज के हो ?
रेल गुड्नका लागि दुई ट्र्याक चाहिन्छ । त्यही दुई ट्र्याकबीचको लम्बाइलाई गेज भनिन्छ । यसलाई अझ सजिलोसँग बुझ्न रेलको दायाँ र बायाँ चक्काबीचको लम्बाइ नै गेज हो । गेजले रेलको गुड्ने गतिलाई नि’र्धारण गर्छ । ब्रोडगेज रेलको अधिकतम गतिप्रति घन्टा २ सय किलोमि’टरसम्म रहेको छ । तर, स्ट्या’न्डर्ड गेजको रेलको औसत गति प्रतिघन्टा २ सय ५० किलोमिटरभन्दा माथि हुन्छ ।

नेपालले तीव्र गतिको रेल चलाउन खोजेको हो भने स्ट्यान्डर्ड गेज र स्थानीयलाई रेल सुविधा दिने तथा मालगाडी गुडाउने हो भने ब्रोडगेजमा जानुपर्ने विज्ञहरूबीच चर्को बहस छ । तर, कुन गेज नेपालका लागि उपयुक्त हो भनेर सरकारले अझै निर्णय गरिसकेको छैन । लागतको हिसाबले ब्रो’डगेज सस्तो छ भने स्ट्यान्डर्ड गेज महँगो पर्छ ।

स्ट्या’न्डर्ड गेजका लागि डेडि’केटेड (समर्पित) लेन चाहिन्छ, जुन ब्रोडगेजमा आवश्यक पर्दैन । नेपालको वैदेशिक व्यापारमा भारतसँगको हिस्सा लगभग ७० प्रतिशत छ । त्यसअनुसार भारतमा जुन गेजमा रेलमार्ग छ, त्यही नेपालमा निर्माण गर्दा मात्र नेपालले लाभ लिन सक्ने एकथरी विज्ञहरूको भनाइ छ । अर्कोथरीले भने पुरानो प्रविधिभन्दा पनि नयाँ (स्ट्या’न्डर्ड गेज) मा जानुपर्ने बताइरहेका छन् । -नयाँ पत्रीका

२०७७ चैत्र १४, शनिबार १७:४७ गते 1 Minute 553 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार