२०७८ आश्विन ६ बुधबार

काठमाण्डौँमा डेढ लाख मानिस ल्याएर अस्त ब्यस्त बनाउन प्रचण्ड–माधव समुहको आग्रह

जनकपुरधाम-: प्रतिनिधि सभा वि,घटन वि,रुद्ध माघ ९ गते काठमाडौंमा वि,रोध प्रदर्शनको घोषणा गरेको नेकपा प्रचण्ड-माधव पक्षले कम्तीमा २ हजारका दरले कार्यकर्ता राजधानी लिएर आउन उर्दी जारी गरेको छ ।

प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटीले मान्छे उतारेर सरकारलाई द,बाब दिन ७७ वटै जिल्लामा गठित संघर्ष समितिलाई २ हजारका दरले कार्यकर्ता लिएर काठमाडौं आउन निर्देशन दिएको स्रोतले जनायो ।

करिब डेढ लाख कार्यकर्ता उतारेर संसद पुन:स्थापनाका लागि अ,दालतलाई द,बाब दिने प्रचण्ड-नेपाल समूहको योजना छ । सो समुहका केन्द्रीय सदस्य सुधिरकुमार साहले माघ ९ गते काठमाडौंमा विशाल शक्ति प्रदर्शन गर्ने तयारीमा लागेको जानकारी दिए ।

उनले भने,संसद वि,घटनवि,रुद्ध संघर्षका लागि ७७ वटै जिल्ला र अधिकांश स्थानीय तहमा समेत संघर्ष समिति गठन भइसकेको छ । माघ ९ गते हरेक जिल्लाबाट २ हजार कार्यकर्ता काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन्छन् ।

प्रदेश २ का आठ जिल्लाबाट नेता तथा कार्यकर्ता सवारीसाधन भाडामा लिएर माघ ८ गते नै काठमाडौं हिँड्ने तयारीमा लागेको उनले बताए । आन्दोलन संघर्ष समिति धनुषाका संयोजक समेत रहेका साहले भने,आज धनुषाका १८ वटै स्थानीय तहका संघर्ष समितिको बैठक बसेर बढीभन्दा बढी कार्यकर्तालाई काठमाडौं लग्ने निर्णय गरेका छौं ।

विभाजित नेकपाका अध्यक्ष प्रचण्डले आज मात्रै काठमाडौंमा अनेरास्ववियूको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले युवा विद्यार्थीलाई आ,क्रामक बन्न निर्देशन दिँदै आफू अग्रभागमा उभिएर लाठी खान तयार रहेको बताएका हुन् ।

छिल्लो समय प्रधानमन्त्री ओली र अदालतका न्यायधिसबीच सेटिङ भएको भन्दै संसद पुर्नस्थापना नहुने हल्ला चलेको छ । हुन त प्रधानमन्त्री ओली र अदालतले पनि यसबारे स्पष्टोक्ति दिइसकेको छ । तर यो हल्ला चलेपछि प्रदेशदेखि केन्द्रसम्मका नेता आ,क्रमक बनेको देखिन्छ ।उनले विद्यार्थीलाई आक्रामक र आवेगमा आउन निर्देशन दिँदै भेजिटेरियन (शाकाहारी) खालको आन्दोलनले काम नहुने बताए ।

२०७७ माघ ५, सोमबार २०:५४ गते 1 Minute 245 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार