आइतबार , साउन १०, २०७८

यी महिलाको इमान्दारीको सर्वत्र चर्चा ! १० करोड देख्दा लोभिइनन्, आफ्नो ३ सय मात्रै लिइन् ।

चैत्र १४, २०७७ शनिबार 776

काठमाडौं : १० करोड रुपैयाँ अगाडि देख्दा मानिसको इ’मान ड’गमगाउन बेर लाग्दैन । तर, एक महिलाले हातमा आइसकेको १० करोड रुपैयाँ देख्दा पनि आफ्नो इमानदारीलाई ड’गमगाउन दिइनन् ।

उनले आफ्नो भागको ३ सय रुपैयाँ मात्रै लिइन् । घट’ना भारतको के’रलको हो । यी महिलाको नाम स’मिजा के मोहन हो ।तिरुवनंतपुरमको दैनिक अखबार मातृ’भूमिका अनुसार समिजा प’ट्टिमोटममा बस्छिन् । ३७ वर्षकी समिजा २ सन्तानकी आमा हुन् ।

उनले राजगिरी अस्पताल नजिकै ल’ट्रीको स्टल चलाउँछिन् ।
समिजाले गएको आइतबार आफ्ना केही ल’ट्रीका ग्राहकहरुलाई फोन गरेर आफूसँग बिक्री नभएर १२ वटा टिकट बाँकी रहेकोले किन्न चाहेको भए ती टिकट किन्न आग्रह गरेकी थिइन् । अलुवाका पीके चन्द्रनले समिजालाई एसडी ३१६१४२ नम्बरको टिकट आफ्नो लागि राखिदिन भनेका थिए ।

उनले टिकटको पैसा २ सय रुपैयाँ (३ सय २० नेपाली रुपैयाँ) पछि दिने भनेका थिए ।संयोगले त्यही टिकट नम्बरमा ज्या’कपट पर्यो । ज्या’कपट उपहार ६ करोड रुपैयाँ (झण्डै १० करोड नेपाली रुपैयाँ) को थियो ।

चन्द्रनले टिकटको पैसा तिरेकै थिएनन् र टिकट अझै पनि समिजासँग नै थियो । ल’ट्रीको नियमअनुसार जो व्यक्ति टिकट लिएर भुक्तानी दा’वी गर्न जान्छ उसैलाई भुक्तानी दिइन्छ । समिजाले चाहेको भए उनी टिकट लिएर दा’वी गर्न जान सक्थिन् । उनले चन्द्रनसँग त्यसको पैसा लिएकी पनि थिइनन् ।

तर, समिजाले आफ्नो बोलीको म’र्यादा राखिन् र टिकट लिएर चन्द्रनको घर गइन् । समिजाले २ सय रुपैयाँ लिएर टिकट चन्द्रनलाई दिइन् । चन्द्रन, उनकी पत्नी लिला, दुई छोरीहरु र एक छोराले स्थानीय मिडियासँग स’मिजाको इ’मान्दारिताको

निकै प्रशंशा गरेका छन् । समिजाले आफूले लट्रीको टिकट वास्तविक वि’जेतालाई दिएको प्रतिक्रिया दिएकी छिन् । उनले आफूलाई आफ्नो इ’मानदारीको प्रशंशा गर्दै कैयौं फोनहरु आइरहेको बताइन् ।

प्रतिकृया दिनुहोस्