२०७८ कार्तिक ९ मंगलवार

गुगल म्यापमा नेपालको चुच्चे नक्सा समावेश !

काठमाडौं : गुगल म्यापमा नेपालको चुच्चे नक्सा समावेश भएको छ । जेठमा सरकारले जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले टुक्रे धर्काले देखाउँदै समावेश गरेको हो ।

सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो।उक्त नक्सा २०७७ जेठ ३१ गते संसदबाट सर्वसम्मत रुपमा पारित भएको थियो ।

यसअघि उक्त क्षेत्र भारतले अतिक्र’मण गरेको थियो। नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर छ । भारतले २०७६ कार्तिक १६ गते जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी–लिपुलेक

पश्चिमका नेपाली भू–भाग समेत समेटेको थियो । नेपालले नयाँ नक्सा जारी गरेपछि अन्तर्राष्ट्रिय समूदायको ध्याना’कर्षण हुनु पर्नेमा अहिलेसम्म हुन सकेको छैन ।

नेपालले पनि भारचसँगको सीमावि’वादलाई आपसी संवाद र सहमतिबाटै हल गर्ने भनेर अहिलेसम्म अन्तर्राष्ट्रियकरण गरेको छैन ।गुगलले नेपालको नयाँ नक्सालाई समावेश गरेपछि अब यसलाई अन्तर्राष्ट्रिय’करण गर्न सहज हुने बताइएको छ ।

२०७७ चैत्र १५, आईतवार ०८:१२ गते 1 Minute 1409 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार