२०७८ आश्विन ५ मंगलवार

भुकेर पनि नगर्नुहोस् यी १० कामहरु, मृगौला बिगार्न सक्छ ।

काठमाडौ : मृगौला मानव शरीरको म’हत्वपूर्ण अंगहरुमध्ये एक हो । विशेष गरी रगतमा हुने विकार र बढी भएको पानीलाई छानेर पि’साबको माध्यमबाट बाहिर फ्याँक्ने र शरीरलाई स्वस्थ राख्ने विशिष्ट अंग हो यो ।

मृगौलाले रगतको विकारलाई छान्ने, त्यसलाई शुद्ध र शरीरको लागि उपयोगी बनाउने काम गरिरहेको हुन्छ । रगतलाई शुद्ध अर्थात् विकाररहित बनाउनुका साथसाथै मृगौलाले विभिन्न हर्मोनहरु पनि पैदा गरिरहेको हुन्छ र यसले रगतमा रातो रक्तकोषको उत्पादनलाई पनि प्रोत्सा’हित गरिरहेको हुन्छ ।

मृगौलाले रगतको माध्यमबाट शरीरको लागि चाहिने खनिजहरु सोस्ने, बढी भएको पानीलाई फ्याँक्ने र रगतको पीएच स्तरलाई ठीक्कको अवस्थामा राख्ने काम गररहेको हुन्छ । मृ’गौलाले सही ढंगले काम गर्न सकेन भने विभिन्न खाले स्वास्थ्य समस्याहरु पैदा हुन थाल्छ । यस अर्थमा पनि मृगौलालाई हामीले विशेष ख्याल गर्नैपर्छ । यहाँ मृगौलालाई नो’क्सानी पुर्याउन सक्ने १० ख’राब बानीका बारेमा हामी केही चर्चा गरिएको छ ।

१. प’र्याप्त मात्रामा पानी नखानु

मृगौलाले रगतलाई छान्ने र त्यसमा भएका विकारहरुलाई हटाउने हुनाले हामीले पर्याप्त मात्रामा पानी पिउने बानी गर्नुपर्छ । हामीले पर्याप्त मात्रामा पानी पिएनौं भने हामीलाई जलवि’नियोजन अर्थात् डि’हाइड्रेसन हुन्छ, जसको सोझो असर भनेको मृगौलाले रगतलाई राम्ररी छान्न पाउँदैन र रग’तमा विषाक्तता बढ्न जान्छ । त्यसबाहेक, पर्या¥प्त मात्रामा पानी पिउने बानी गर्नाले मृगौ’लामा अत्यन्तै पी’डादायी हुने पत्थरी पनि बन्न पाउँदैन ।

२. जथाभावी पी’डानाशक औषधीको प्रयोग

आधुनिक समाजको सबैभन्दा ठूलो स्वास्थ्य समस्याहरुमध्येका एक भनेकै जथाभावी पी’डानाशक औषधी अर्थात् पेनकिलरको प्रयोग बन्दै गइरहेको छ । त’नाव, भागदौड र प्रदूष’णले जेलिएको आधुनिक जीवनशैलीको सहउत्पादनको रुपमा विभिन्न थरिका पीडाहरु पैदा हुने गर्छ र त्यसबाट सजिलै छुटकारा पाउने विधि भनेको पी’डानाशक औषधीको सेवन बन्ने गरेको छ ।

त्यस्ता औषधीले तत्कालै त पीडाबाट मुक्ति दिन्छ तर त्यसले मृगौलालाई चाहिँ नोक्सान पु¥र्याउँछ । सामान्य मात्राको त्यस्तो औषधीले तत्कालै त खराबी गरिहाल्दैन तर चिकित्सकको सल्लाहबिना जथाभावी र चाहिनेभन्दा बढी औषधीको सेवन गर्ने, जतिखेर पायो त्यतिखेरै खाने बानीले चाहिँ निश्चितै रुपमा मृगौलालाई बिगार्ने काम गरिरहेको हुन्छ । पी’डानाशक औषधीले मृ’गौलामा जाने रगतको प्रवा’हलाई कम गरिदिन्छ । जसको परि’णामस्वरुप मृ’गौलासम्बन्धी घा’तक रोगहरु लाग्ने ख’तरालाई बढाइदिन्छ ।

३. नूनको धेरै प्रयोग

नून मन्द विषको रुपमा पनि कु’ख्यात छ । शरीरको लागि अत्यावश्यक पदा’र्थहरुमध्येको एक नून पनि हो तर यो सामान्यतः एउटा मानिसलाई चाहिने मात्रामा प्राकृतिक रुपमै भोजनहरुबाट प्राप्त हुने गर्छ । तर हामी खानेकुरालाई स्वादिलो बनाउनको लागि शरीरको लागि चाहिने मात्रामा भन्दा पनि बढी नून खाने गर्छौं । तर धेरै मात्रामा नून खाने बानीले खालि मृगौलालाई भार पारिदिन्छ र जसलको नतिजा भनेको मृ’गौला नै काम नलाग्ने हदसम्ममा पुग्ने पनि हुन सक्छ ।

४. लामो समयसम्म पिसाब रोक्नु

धेरै जसो मानिसहरु पिसाब फेर्ने ठाउँ नपाएर, अल्छी गरेर वा कामको व्यस्तताका कारण लामो समयसम्म पि’साब रोक्ने गर्छ । यो बानी चाहिँ मृगौ’लाको लागि अत्यन्तै खराब हो । तर मृगौलालाई जोगाउने हो र स्वस्थ राख्ने हो भने जतिसुकै व्यस्त भएपनि अल्छी नगरिकनै पिसाब लाग्नेबित्तिकै फेर्ने बानी गर्नुपर्छ ।

विभिन्न अध्ययनहरुले के प्रमाणित गरिसकेको छ भने लामो समयसम्म पि’साबलाई रोक्ने बानी गर्दा पि’साब नलीमा सं’क्रमण हुने ख’तरा बढेर जान्छ । पि’साब नलीमा संक्र’मण हुनुभनेको शरीरमा नोक्सानदायी व्याक्टे’रियाहरुले प्रवेश पाउनु नै हो । र, त्यसलाई बेलैमा उपचार गर्न सकिएन भने कतिपय अवस्थामा त त्यसले मृगौ’लालाई नै पनि काम नलाग्ने गरी बिगारिदिन सक्छ ।

५. अत्यधिक गुलियोको सेवन

अत्यधिक गुलियोका सेवनले अनि’वार्य रुपमा निम्त्याउने अवस्था भनेको मोटो’पन नै हो । बताइबस्नु जरुरी छैन कि मोटोपन भनेको मधुमेह र उच्च रक्तचापलाई निम्तोपत्र बाँड्ने खत’१रनाक अवस्था पनि हो । अर्थात् अनावश्यक मोटोपन बढ्दै जाँदा त्यसले मधुमेह लाग्ने र उच्च रक्त’चाप हुने खतरा पनि निम्त्या’इदिन्छ ।

मृगौलाका जटील समस्याहरु पैदा गराइदिने दुई मुख्य कारण पनि यिनीहरु नै हुन् । मृ’गौलाले सामान्यतः प्रतिदिन १८० मिलिग्रा’म ग्लुकोज छान्छ । हामीले अत्यधिक मात्रामा गुलियो खाँदा मृ’गौलाले पनि तिनलाई छान्नको लागि अति बढी नै काम गर्नुपर्ने हुन्छ ।

६. पर्या’प्त मात्रामा नसुत्नु

सुत्नु स्वास्थ्यको लागि र मृगौ’लाको लागि अति जरुरी छ । सामान्यतः ६ देखि ८ घण्टा सुत्नु स्वास्थ्यको लागि आवश्यक मानिन्छ । सामान्यतः हामी गहिरो निद्रामा रहेको बेला मृगौलाका न’ष्ट भएका वा ख’राब भएका कोषहरु पुनर्नि’र्माण भइरहेको हुन्छ । तर हामी प¥र्याप्त मात्रामा सुतनौं भने मृ’गौलाले रक्त सुद्ध पार्ने काममा नै ख’ट्नुपर्ने हुन्छ ।

फलतः उसले आफ्ना बिग्रेका कोषहरु मर्मत गर्न वा नयाँ बनाउन पाउँदैन । मृगौलाका कामहरु हामी सुत्ने र उठ्ने प्रक्रियासँग मिलेर सम्पन्न भइरहेको हुन्छ । हामीले प¥र्याप्त मात्रामा सुतेनौं भने उच्च रक्त’चाप तथा रक्त’धमनीहरुमा अव’रोध आउने खत’रा हुन्छ । यो भनेको फेरि पनि मृगौ’लामा जटील समस्याहरु पैदा हुने अवस्था सिर्जना हुनु नै हो ।

७. धेरै प्रोटिनको सेवन

शरीरको कोषहरुको निर्माणमा प्रोटिनले महत्वपूर्ण भूमिका निर्वा¥ह गर्ने गर्छ । तर अत्यधिक मात्रामा मासुजन्य प्रोटिनको सेवनले मृगौलामा भार पारिदिन्छ । मासुजन्य प्रोटिनले शरीरमा एसिडको मात्रा बढाइदिन्छ, जसको अर्थ हो शरीरको पीएचको सन्तुलन त्यसले विगारिदिन्छ । फलतः शरीरमा पीएचको सन्तुलन ठीक राख्नको लागि मृगौलाले बढी नै काम गर्नुपर्ने हुन्छ । त्यो भनेको फेरि पनि मृगौलालाई खरा’ब पारिदिने अवस्था नै हो ।

८. रक्सीको सेवन

रक्सीको सेवनले मुख्यतः कलेजोलाई असर पार्ने गर्छ तर त्यसको खरा’ब प्र’भावबाट मृगौला पनि अछुतो चाहिँ रहन सक्दैन । खासगरी, नियमित रुपमा धेरै रक्सी सेवन गर्ने मानिसहरुमा मृगौलाको रोग लाग्ने सम्भावना बढी हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । र’क्स्याहा र ज’ड्याहा हुनु आफैंमा मृगौला रोगलाई नि’म्त्याउने अवस्था हो भने अझ

त्यसमाथि थप त्यस्ता मानिसले धूमपान पनि गर्छ भने त त्यो झनै खराब अवस्था हो । मद्यपान र धूमपान गर्नेहरुमा मृगौलाका जटील समस्याहरु देखापर्ने खतरा बढी नै हुने गर्छ । खासगरी, मद्यपान गर्ने मानिसहरुमा युरिक ए’सिड बढी हुने गर्छ जुन मृगौलाका ट्यूबहरुमा जम्मा हुने गर्छ । त्यसले पि’साबको प्र’वाहमा रोकवट आउने समस्या पैदा गरिदिन सक्छ ।

९. हिँड्डुल कम गर्नु र एकै ठाउँमा अत्यधिक बसिरहनु

हिँड्डुल कम गर्नु र एकै ठाउँमा धेरै बेर बसिरहने बानी मृगौलालाई नोक्सान पुर्याउने एउटा प्रमुख कारण हो । हिँड्डुल गर्ने र अरु व्यायाम गर्ने गर्दा त्यसले शरीरमा जम्मा भएका ग्लुकोजको खपतलाई बढाइदिन्छ, जसले गर्दा रगतमा अनावश्यक मात्रामा ग्लुकोज जम्मा हुन पाउँदैन ।

साथै, त्यस्ता शारीरिक गतिविधिरुले हाम्रो रक्त’चापलाई पनि निय’न्त्रित राखिराख्न मद्दत गर्छ । त्यसबाहेक, शारीरक व्यायाम नगर्ने, हिँड्डुल कम गर्ने र एकै ठाउँमा धेरै बेर बसिरहने खालको काम गर्ने मानिसहरुमा मृगौलाको समस्या देखापर्ने सम्भावना ३० प्रतिशतले बढी हुने गर्छ ।

१०. धूमपान

धूमपानले विशेष गरेर फोक्सो र मुटुलाई नोक्सानी पुर्याउने गर्छ । तर यसको अर्थ यो होइन कि त्यसले हाम्रो शरीरका अन्य अंगहरुलाई चाहिँ कुनै असर नै पु¥र्याउँदैन । वास्तवमा, धूम’पानले हाम्रो शरीरको प्रत्येक अंगहरुलाई नै नोक्सान पु¥र्याइरहेको हुन्छ ।

यो अवस्थामा यो भनिबस्नु नपर्ला कि धूमपानले मृगौलालाई पनि नो’क्सानी नै पु¥र्याउने काम गर्छ । धुमपानले रक्त’चाप बढाइदिन्छ, र’क्तनलीहरुमा अ’वरोध ल्याउन सक्छ र त्यसले मृगौलाका कामहरुलाई घटाइदिन सक्छ । अझ मृगौला रोगीहरुमा त धूमपानले त्यो रोगलाई झनै बढाइदिन्छ र

पिसाबमा प्रोटिन जाने समस्या समेत पैदा गराइदिन सक्छ ।
त्यसैले मृगौलालाई ख’राब हुनबाट जोगाउने हो भने, स्वस्थ खानेकुराहरु खाने, पर्या¥प्त मात्रामा पानी पिउने, नियमित व्यायाम र हिँड्डुल गर्ने र माथि उल्लेख गरिएका खरा’ब बानीमा परिवर्तन ल्याउनु जरुरी छ ।

२०७७ चैत्र १५, आईतवार १३:४९ गते 1 Minute 2738 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार