आइतबार , जेठ ३०, २०७८

सरकारी गाडीमा आफन्त सरर, दुरु’पयोग गरेको भन्दै स्थानीय युवा द्वारा गाडी नि’यन्त्रण !

चैत्र १५, २०७७ आइतबार 721

काठमाडौं : रुपन्देही जिल्ला प्रशासन कार्यालयको गाडी पूर्वी नवलपरासीमा स्थानीय युवाहरुले केही बेर निय’न्त्रणमा लिएका छन्।

जिल्लाका प्रहरी प्रमुख एसपी प्रकाश मल्लका अनुसार चितवनतर्फबाट आएका लु १ झ ३३९ नम्बरको जिल्ला प्र’शासन कार्यालय रुपन्देहीको गाडी प्रगतिनगरमा करिव २० जना

युवाहरुले रोकेर सरकारी गाडी दुरु’पयोग गरेको भन्दै नियन्त्रणमा लिएका हुन् । एसपी मल्ल भन्छन्, ‘थप वि’वाद होला भनेर हामीले त्यो गाडीलाई यहाँको जिल्ला प्रशासन कार्या’लयमा बुझाएका छौँ।

यस सम्वन्धमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेसँग सम्पर्क राख्दा जिल्ला प्रशासनको गाडी भएको तर आफु चढ्ने गाडी नभ एको बताए ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘केही आफन्तहरुलाई चितवनसम्म पुराउनु पर्ने भएकोले गाडी पठाइएको हो । उताबाट फर्किने क्रममा सिद्धनाथ ग्याँस उद्योग मेरो भाइको

भएकोले त्यहाँबाट फर्किने क्रममा उनलाई छोड्न गएको हुन सक्छ ।’ उक्त गाडी देव’चुली नगरपालिका वडा नम्वर १० मा रहेको सिद्धनाथ ग्याँस उद्योग प्रालि भित्र छिरेर बाहिर निस्केको थियो । – खबर हाउस

प्रतिकृया दिनुहोस्