२०७८ आश्विन ६ बुधबार

यी थिए अमेरिकामा पहिलो पाइला टेक्ने नेपाली !

अमेरिका– अमेरिका आम नेपालीका लागी एउटा सपनाको देश हो । वर्षेनी यहा“ डिभी, विद्यार्थी तथा अन्य माध्यमबाट नेपालीहरु आउने क्रम बढ्दो छ । अहिले त अमेरिकाका विभिन्न राज्यहरुमा नेपालीहरुको बसोबास अधिक देखिन्छ ।

अमेरिकामा सुरुवातमा पहिलो पटक पाइला राख्ने नेपाली थिए– पदमसुन्दर मल्ल । भक्तपुरे मल्ल राजाका सन्तान थिए उनी । सन् १८९० मा भक्तपुरको खौवामा उनको जन्म भएको थियो । पछि उनको परिवार काठमान्डौको असनमा बसाइ सरेर बस्न थाल्यो ।

त्यही क्रममा पदमसुन्दरले दरबार हाइस्कुलमा अध्ययन गर्ने अवसर प्राप्त गरे ।अध्ययनकै क्रममा उनको एक जना जापानी भिक्षुसंग नजिकको सम्बन्ध बन्न पुग्यो । जापानी नागरिक एकाई कावागुईलाई काठमान्डौमा भेटेपछि उनलाई पनि जापान गएर उच्च शिक्षा लिने उत्कट अभिलाषा भयो ।

तर त्यतिबेला नेपालमा जाहानिय राणाशा’सनको द’बदबा थियो । रैतिका छोराछोरीलाई विदेश गएर पढन छुट थिएन ।आखिर जहा“ इच्छा त्यहा“ उपाय पदमसुन्दरले जापान गएर उच्च शिक्षा लिने अ’ठोट गरे ।सन् १९१६मा उनी दाजु ज’गतसुन्दर मल्ललाई लिएर भारतको कलकत्ता पुगे ।

कलकत्ताबाट उनी जहाज चढेर जापानको टोकियो पुगे । टोकियोमा भाईलाई अध्ययनको सबै बन्दोबस्ता मिलाएर दाजु ज’गतसुन्दर भने सुटुक्क नेपाल फि’रे । टोकियोमै पदमसुन्दरले अध्ययन गरि विज्ञानमा स्नातक गरे । त्यसपछि उनी जापानी साथीहरुसंग मिलेर थप अध्ययन गर्न अमेरिका आए ।

सन् १९१९ मा अमेरिका आए उनी । उनी अमेरिका भि’त्रिएको सन् १९१९ को यो मितिलाई आधार मानेर हेर्दा पनि उनी अमेरिका आउने पहिलो नेपाली हुन भन्न सकिन्छ ।अमेरिकाको मि’चिगन राज्यमा आएका उनले यहा“ प्रतिष्ठित वि’श्विद्यालयमा भर्ना भएर इन्जिनियरिङ अधययन थाले ।

सन् १९२२ मा उनले उक्त विश्वविद्यालयबाट इ’लेक्ट्रीकल इन्जिनियरिङमा स्नातक गरे । उनी अमेरिका टेक्ने पहिलो नेपाली मात्र थिएनन नेपालकै पहिलो इलेक्ट्रीकल इन्जिनियर पनि बने । अमेरिकामा अध्ययन सकेपछि उनी नेपाल फर्किने सोच बनाए । सन् १९२५ मा नेपाल फर्के तर राणाशा’सनको अनुमति नलिई विदेश गएको भनेर उनलाई नेपाल फर्किन दिइएन ।

त्यसपछि उनी भारतको ख’स्र्याङमा नि’र्वासित भए । ख’स्र्याङमा उनले हा’इड्रोपावरको स्थापना गरे । १९३९ मा भारतमा शा’सन गरिरहेको बि’ट्री’स सरकारले उनलाई नेपालको मोरङ हा’इड्रोको प्रमुख इन्जिनियर बनाएर पठायो ।उनले बिराटनगर जुटमिलका लागी पनि पावर स्टे’शन बनाए ।

धरान र विरगन्जमा पार्वर स्टेशन डिजाइन गरे ।नेपालमा रा’णाशा’सनको अन्त पछि उनी सन् १९५० मा नेपाल फर्के । उनले आफनो बाकी रहेको जीवन नेपालमा बिताए । सन् १९७४ मा उनले संसारबाट वि’दा लिए ।। (यु’स्टार्ट ए’गेनका लागी अमेरिकाबाट पत्रकार सुर्य थापाले तयार पारेको टिभी रिपोर्टमा आधारित)

२०७७ चैत्र १५, आईतवार १९:०३ गते 0 Minutes 1199 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार