२०७८ आश्विन १ शुक्रबार

मंगलवार देखी सार्वजनिक यातायात अनिश्चितकालिन ब’न्दको घोषणा !

दाङ : दाङका यातायात मजदुरहरु आ’न्दोलित भएका छन् । उनीहरुले विभिन्न माग राख्दै आउदो मंगलवार यहि चैत १७ गते देखी सार्वजनिक यातायात सेवा अनिश्चितकालिन ब’न्दको घो’षणा गरेका छन् ।

यातायात मज’दुर संग सम्वन्धित संघ संगठनहरुले आईतवार पत्रकार सम्मेलनको आयोजना गरी आ’न्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । नेपाल यातायात स्वतन्त्र म’जदुर संगठन जिल्ला कमिटी दाङ नेपाल यातायात मजदुर संघ

ई’काई तुलसीपुर र अखिल नेपाल यातायात मजदुर संघ, दाङले सयुक्तहरुमा पत्रकार स’म्मेलनको आयोजना गरी सार्वजनिक यातायात ब’न्दको घो’षणा गरेका छन् ।को’रोना माहामा’रीका कारण लामो समय सम्म स’मस्यामा परेका यातायात मजदुर’हरु पछिल्नो समय यातायात व्यवसायीहरुको

अस्वस्थ्य प्रतिष्प्र’र्धाका कारण झनै समस्यामा परेको भन्दै आफुहरु आ’न्दोलित भएको संगठनका जिल्ला अध्यक्ष केशब बहादुर भण्डारीले बताउनु भएको छ ।

यस अघि पनि तिन वटै मजदुर संघ संगठनहरुले आफना मागहरु कार्यन्वयन गर्नका लागी सम्वन्धित यातायात प्रालिका पदाधिकारी संग बारम्बार छलफल र बार्ता गरेपनि कुनै सुनुवाई नभएको हुदा आफु बा’ध्य भएर आ’न्दोलनको कार्यक्रम

सार्वजनिक गरिएको यातायात मजदुर संघ ईकाई तुलसीपुरका अध्यक्ष सुवर्णराज भण्डारीले बताउनु भएको छ ।पहिलो चरण अन्र्तगत जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प पार्ने र माग पुरा नभए सम्पुर्ण यातायात क्षेत्र ब’न्द गर्ने उनीहरुको चे’तावनी छ ।

२०७७ चैत्र १५, आईतवार १९:१४ गते 1 Minute 1268 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार