२०७८ आश्विन १३ बुधबार

मुख्यमन्त्री गुरुङभन्नुहुन्छ : उपचारका लागि काठमाडौँ र पोखरा जानु नपर्ने गराउँछौँ ।

कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङबासीलाई उपचारका लागि काठमाडौँ, पोखराका अस्पताल जानुपर्ने बाध्य’ता अन्त्य गर्ने विश्वास दिलाएका छन्।

प्रदेशका सबै जिल्ला अस्पतालको गुणस्तर बढाएर उच्चस्तरको सेवा उपलब्ध गराउने उनले प्रतिब’द्धता व्यक्त गरे । लमजुङ क्व्हो’लासोथर गाउँपालिका–३ घलेगाउँमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य

निर्देशानालय पोखराद्वारा आज आयोजित दुईदिने बृहत् स्वास्थ्य शिविरको उ’द्घाटन गर्दै मुख्यमन्त्री गुरुङले गाउँगाउँका स्वास्थ्यचौकी र जिल्ला अस्पतालको क्षमता वृ’द्धि गरेर बिरामी’लाई स्वास्थ्य सेवा उपलब्ध गराउने योजना प्रदेश सरकारले बनाएको बताए ।

यस वर्षभित्रै प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङ बाहेका जिल्ला अस्पतालमा पाँच श्ययाको अ’क्सिजन प्यान्ट राखेर सेवा दिने व्यवस्था गर्न लागेको उनले जानकारी दिए ।

त्यस्तै, मनाङ र मुस्ताङबाहेकका नौ जिल्ला अस्पतालमा ५० श्यया पु¥याउने यो’जनाअनुरुप प्रदेश सरकार अघि बढेको उनले बताए । प्रदेशका जिल्ला अस्ताललाई नमूना जिल्ला अस्पतालका रुपमा विकास गर्दै सोहीअनुसार बिरामीलाई सेवा दिनका लागि प्रदेश सरकार लागिरहेको उनको भनाइ छ ।

त्यस्तै, गण्डकी युनि’भर्सल टिचिङ अस्पताल यस वर्षबाटै शुरु गर्ने तयारीमा रहेको भए पनि पर्या¥प्त जमीन भने भेटी नसकेकाले जमीनको खोजिमा सरकार रहेको मुख्यमन्त्री गुरुङले बताए । प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिएर अघि बढिरहेकाले गरिब उपचारबाट वञ्चित हुन नपर्ने उनको भनाइ छ ।

क्व्होलासोथर गाउँपालिका अध्यक्ष प्रेम घले, उपाध्यक्ष एवं मुख्यमन्त्री गुरुङको धर्मपत्ती कुमारीमुनी गुरुङ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीलगायतले यस सञ्चालित शिविरले आर्थिक अभावले

उपचार गर्न नसकेका नागरिक तथा बिरामीलाई सहयोग पुग्ने भन्दै यस शि’विरमा सहभागी बनेर स्वास्थ्य जाँच गर्न आग्रह गर्नुभएको थियो । दुईदिने निःशुल्क स्वास्थ्य शि’विरमा यस गाउँपालिकाका घलेगाउँ, भुजुङ, मालिङलगायत गाउँपालिकाका स्थानीय ला’भान्वित हुने भएका छन् । गन्थन बाट

२०७७ चैत्र १६, सोमबार ०९:३९ गते 1 Minute 371 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार