२०७८ कार्तिक १ सोमबार

मलेसिया द्वारा पाकिस्तानी विमान कब्जा !

काठमाडौँ : मलेसियाले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा ‘बोइङ्ग–७७७’ विमानलाई कब्जा गरेको छ । मलेसियाको अदालतको आदेशअनुसार क्वालालम्पुर विमानस्थलमा उक्त विमान कब्जामा लिइएको अधिकारीहरुले बताएका छन् ।

पीआईएले विमान भाडामा लिएबापतको रकम नबुझाएका कारण यस्तो कारवाही गरिएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । पीआईएले सन् २०१५ मा भियतनामको एउटा कम्पनीसँग बोइङ्ग–७७७ विमान भाडामा लिएको थियो ।

पाकिस्तानी सहर कराँचीबाट मलेसियाको क्वालालम्पुर पुगेको उक्त विमानलाई मलेसिया प्रशासनले कब्जामा लिएको जनाइएको छ । विमान क्वालालम्पुरबाट पाकिस्तानतर्फ फर्कनका लागि तयारी अवस्थामा रहेपनि मलेसिया प्रशासनले उक्त विमानलाई उडान अनुमति नदिएको हो ।

विमानलाई क्वालालम्पुर विमानस्थलमै रोकिएपछि विमानका चालक दलका १८ सदस्य पनि मलेसियामै बसेका छन् | कोरोना मापदण्ड अनुसार ति सदस्यहरुले पनि क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ ।

पीआईएले मलेसियाको अदालतले एकतर्फी निर्णय सुनाएको आधारमा यो कारवाही गरिएको बताएको छ । पीआईएले पाकिस्तान सरकारलाई यसबारे जानकारी गराइएको र कुटनीतिक स्तरमा कुरा उठाउन भनिएको बताएको छ ।एजेन्सि

२०७७ माघ ६, मंगलवार ०५:३२ गते 0 Minutes 316 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार