२०७८ आश्विन ५ मंगलवार

नेपाल-भारत सीमामा काँडेतार लगाउने वडाध्यक्ष ।

लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरो’धको आवाज उठिरहेको बेला पर्साको

पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडे’तार नै लगाइदिएका छन् । अहिले युवा सामाजिक संजाल मा भाईरल भएका छन ।ठोरी गाउँपालिका ३ का वडाध्यक्ष सूर्य लामाले भारतको वि’हारसँग

सीमा जोडिएको वडा ३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको दू’रीमा काँडेतार लगाएका हुन् । वडाध्यक्ष लामाले स्थानीय प्रशासन, प्रह’री र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मंसिरबाट तार लगाउन सुरु गरिएको र ठुटे

खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेका करिब ५ किलोमिटर क्षेत्रमा अन्त’र्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको जानकारी दिए । को’रोना सं\क्रमणको सन्त्रासपछि गत ११ चैतदेखि सरकारले देशभर लगाएको

ल’कडाउन’पछिको हालसम्मको अवधिमा करिब १ हजार ५ सय मिटर काँडेतार लगाइएको छ । यो अवधिमा वडाभित्रका भारतसँग सीमा जोडिएका १ हजार ८ सय मिटर क्षेत्रमा तार लगाउन बाँकी रहेकामा भारतीय पक्षको अव’रोधपछि ३ सय मिटर तार लगाउने काम रोकिएको छ ।

सो क्षेत्रमा दुवैतर्फका प्रतिनिधि बसेर नापजाँच गरेर तार लगाइने सहमति रहेको उनले जनाएका छन् । ‘छिमेकी मुलुकले देशभर सीमा अति’क्रमण गर्दा कताकता दु’ख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन काँडेतार लगाउन सुरु गरें,’ वडाध्यक्ष लामाले राजधानीसँग

भने, ‘भारतीय पक्षले वि’वाद गराएर अवरो’ध गरेपछि ३ सय मिटर बाँकी काम रोकियो । त्यो पनि सहमति बाट छिट्टै सुरु हुन्छ । विकास बजेट कटाएर काँडे’तार वडाध्यक्ष लामाले गाउँपालिकाबाट वडाका लागि आएको विकास बजेटबाट

छुट्याएर आफूले सीमा क्षेत्रको सुरक्षाका लागि काँडेतार लगाएको जानकारी दिए । २०७४ देखि हालसम्म विकास बजेटबाट तारबारका लागि पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र गत वर्ष ८ लाख बजेट कटौती गरेर सीमा क्षेत्रमा तार लगाएको उनले बताएका हुन् । आठ वर्षदेखि भारत गएको छैन’

भारतसँगको सीमा विवादको विषयकै कारण विगतदेखि नै आफू सीमा क्षेत्र कटेर भारततर्फ नगएको उनी बताउँछन् । भरतीय पक्षसँगको वि’वादका कारण पटक–पटक ठोरीमा भएका झड’पका घट’नामा अग्र’पंक्तिमा रहेका कारण आफू भारततर्फ जाने वातावरण नरहेको उनले जनाए । ‘धेरै पहिलेदेखिका सीमा विवादका घट’नामा उनीहरूको नजरमा म बाध’क छु ।

कहिले सीमा, कहिले कुलो र कहिले पुलका विषयमा वि’वाद हुन्छ । म त्यता नगएको आठ वर्ष भयो,’ लामाले भने । सबै स्थानीय तह ताते वि’वाद रहँदैन देशभरका सबै सीमा नाकामा पर्ने स्थानीय तहका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा पर्ने

सीमा क्षेत्रमा तार लगाए वर्षैपिच्छे वि’वादको विषयमा अल्झिन नपर्ने उनी बताउँछन् । देशभरका सीमा क्षेत्रमा पर्ने स्थानीय तहका जनप्रतिनिधि ताते सधैंका लागि सीमा वि’वाद टुंग्याउन सकिन्छ । सरकारबाट हुने सहयोग रहे असम्भव छैन,’ लामाले भने । -राजधानी

२०७७ चैत्र १६, सोमबार १३:०३ गते 1 Minute 536 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार