आइतबार , साउन १०, २०७८

सुरुङमार्ग सँगै बजार पनि बन्ने !

चैत्र १७, २०७७ मंगलबार 531

काठमाडौँ काठमाडौँ उपत्यकाभित्रिने मुख्यनाकाकारूपमारहेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको बजारनिर्माण हुने भएको छ ।

बजारनिर्माणका लागिजग्गा अधिग्रहण र डिजाइनसमेत तयारभइसकेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ ।

जापानीप्राविधिकहरूले सुरुङमार्गसँगै सो बजारको समेत डिजाइन गरेको सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशकअर्जुनजङ्ग थापाले सुरुङमार्ग भएरयात्रागर्ने यात्रीको

सुविधालाई दृष्टिगत गरी धादिङतर्फ सुरुङमार्गको प्रवेशद्वारसँगै ४० रोपनी क्षेत्रफलमाअन्तर्राष्ट्रियस्तरको बजार (सर्भिस सेन्टर) निर्माण गरिने जानकारी दिनुभयो । उहाँकाअनुसार सो ठाउँमा बजारविकासको काम सुरु भइसकेको छ ।

उहाँले भन्नुभयो, ‘‘जापानलगायतकाअन्यमुलुकमा समेत सुरुङमार्गमाप्रवेश गर्नुअघि यात्रुहरू ‘फ्रेस’ हुने, आरामगर्ने रआवश्यक सरसमानखरिद गर्ने तथा सवारी साधनको समेत

सामान्यमर्मत सम्भारगर्न सुरुङमार्गको प्रवेशद्वारमा‘सर्भिस सेन्टर’निर्माण गरिएको हुन्छ । सोहीअवधारणाअन्तर्गत नागढुङ्गा सुरुङमार्ग पनि‘सर्भिस सेन्टर’निर्माण गर्न लागिएको हो । ’’ यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्