२०७८ आश्विन १३ बुधबार

रेस्लर मुना श्रेष्ठको चेतावनी, धुर्मुस सुन्तलीको पक्षमा ।(भिडियो सहित)

चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान सुरु गर्ने भएको छ ।

धुर्मस–सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि चैत १० देखिअभियान सुरु गर्न लागिएको हो । चैत १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली

फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए । उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए । अभियानमा सहभागी हुने टोलीलाई सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४ सय ५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।

महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं

फाउण्डेसनका अध्यक्ष कट्टेलले भने, ‘रंगशाला निर्माण सबै जसो जिल्लाको सहभागता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।’उनले हरेक जिल्लामा दुई दिन रहेर रंगशालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गरिने बताए ।

रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएकोले एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने बताए। प्रत्येक जिल्लाका पालिकाहरुलाई पत्राचार गरिसकिएको छ ।

सो टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहनेछन् ।
महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ ।

रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए । छोरा गुमाएकी खिमाको छोरा बनेर पुगे धुरमुस,रुदै रंगशाला बनाउनुस भन्दै हजारौ सहयोग गरिन।

बाकी भिडियोमा !

२०७७ चैत्र १७, मंगलवार ०६:०१ गते 0 Minutes 1023 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार