शनिबार , जेठ २९, २०७८

नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द !

चैत्र १७, २०७७ मंगलबार 342

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरामा सञ्चालनमा आएको र नेपालकै ठूलो दा’बी गरिएको पानीजहाज एक महिनादेखि बन्द भएको छ ।

बराहक्षेत्र एण्ड मरिन रिर्सोट प्रा.लीले सञ्चालनमा ल्याएको सो पानीजहाज पार्टपुर्जाको अभावमा बन्द भएको हो । एकै पटकमा ८० देखि ९० जनासम्म यात्रु वोक्न सक्ने उक्त पानीजहाजको पार्टपुर्जा नेपालमा नपाइने भएकाले विदेशबाट

आउन समय लाग्ने भएकाले अहिले बन्द गर्नु परेको प्रालिका सुपरभाइजर खगेन्द्र प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
वर्खायाममा यात्रु नआएपनि जहाज चल्ने ठाउँका बासिन्दाको

खाद्यान्न ओसारपसारको लागि सहयोग पुग्ने उहाँको भनाइ छ ।
यसै कम्पनीका अन्य तीन जहाज सञ्चालनकै अवस्थामा रहेपनि यात्रुलाई सहजता प्रदान गर्न नसकेको भट्टराईले बताउनु भयो ।

बन्द भएको जहाजमा बा’थरुम, ट्वाइ’लेट, वाता’नुकुलित कोठा लगयातका सुविधा रहेका छन् । जहाज पुनः सञ्चालनका लागी पा’र्टपुर्जा ल्याउने पहल भइरहेको छ ।

प्रतिकृया दिनुहोस्