आइतबार , साउन १०, २०७८

१८ अर्ब ३६ करोड रूपैयाँ खर्च, भौतिक प्रगति १२ प्रतिशतमात्र !

चैत्र १७, २०७७ मंगलबार 623

काठमान्डाैं : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई–मधेस द्रुत’मार्ग आव २०८०/८१ सम्म सक्नुपर्ने छ । तर काम अ’पेक्षित गतिमा भने अघि बढ्न सकेको छैन ।

आयोजनाको डीपीआर (विस्तृ’त परियोजना प्रतिवेदन) २०७६ भदौ १ गते मन्त्रिपरिषद्बा’ट स्वीकृत भएको हो । डीपीआरमै ढिलाइले काम थाल्न केही ढिला भएको सेनाको दाबी छ । सेनाले द्रुत’मार्गको २०७४ जेठबाट नि’र्माण व्यवस्थापनको जिम्मे’वारी पाएको हो।

द्रुत’मार्गको महादेवटार ३.३५५ किमि, धेद्रे १.६३० र लेनडाँडामा १.४३० किमि सुरु’ङ निर्मा’ण गर्नुपर्नेछ । भित्रिने र बाहिरिने गररे साढे १२ किमि सुरुङ निर्माण हुनेछ । आयोजनाको अनुमानित लागत १ खर्ब ७५ अर्ब छ । १०.५९ किमिका ८७ वटा पुल निर्माण हुनेछन् ।

यी दुवै काम अहिलेसम्म सुरु हुन सकेको छैन । गौरवको आयोजना भए पनि काम नभएको भन्दै द्रुत’मार्गबारे सांसदहरूले प्रश्न उठाउने गरेका छन्।

हालै संसदीय समितिले आयोजनाबारे प्रश्न उठाउँदै हालसम्म भएका काम र सेनाले ठे’क्का लगाएका प्रक्रि”याको कागजात मागेको छ । यो मार्गको २०६७ मा सेनाले नै ट्र’याक खोल्ने काम गरको थियो ।

पछि निर्माण व्यवस्थापनको जिम्मा सरकारले सेनालाई नै दिएको हो। चार लेन सडकको ५३ किमि क्षेत्र मकवानपुर, काठमाडौं ४ किमि, ललितपुर ७.९ र बारामा ७.६ किमि पर्छ ।

निर्माणको काममा सेनाले पुल र सुरुङमार्गको ठेक्काको लागि भने अन्य कम्पनीलाई छनोट गरको छ । सडक सञ्चालनमा आएपछि एक घण्टा दुई मिनेटमा काठमाडौं–बारा आउजाउ गर्न सकिनेछ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्