आइतबार , साउन १०, २०७८

अब व्यक्तिले व्यक्तिसँग जग्गा किन्न नपाइने, कम्पनीबाट मात्रै किनबेच गर्नुपर्ने व्यवस्था गरिँदै !

चैत्र १७, २०७७ मंगलबार 1031

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी नि’वारण मन्त्रालयले घरजग्गा कारो’बारका लागि भू’मि बजार (ल्यान्ड मार्केट) ल्याउने तयारी गरेको छ ।

घरजग्गा कारोबारमा ठ’गी, अनिय’मिता जस्ता कार्य मौलाएको भन्दै यसलाई अन्त्य गर्नका लागि मन्त्रालयले ल्यान्ड मार्केट ल्याउन लागेको हो ।

मन्त्रालयले ल्या’न्ड मार्केटको ल्याउनका लागि प्रा’रम्भिक गृह’कार्य शुरु गरिसकेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए । उनका अनुसार मन्त्रालयले गठन गरेको समितिले प्रार’म्भिक प्रतिवेदनसमेत बुझाइसकेको जोशीले बताए ।

मन्त्रालयले जग्गा कारोबारका लागि भूमि बजारको आवश्यता रहेको भन्दै यस विषयमा अध्ययन तथा गृहकार्य शुरु गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त भू’मि बजार अर्थात् ल्यान्ड मार्के’टको प्रतिवेदनको पूर्ण’पाठ भने १५ दिनभित्र पेश गर्ने तयारी गरेको उनले जानकारी दिए । ल्यान्ड मा’र्केट ल्याउनका लागि हामी प्रारम्भिक च’रणमा छौं । यो नीतिगतरुपमा भूमि’सँग सम्बन्धित कारोबारहरू आधिकारिक र मान्यताप्राप्त सं’स्थामार्फत् गर्नुपर्छ

भन्ने विषय नीतिगत तथा कार्यक्रममा आइसकेको छ,’ उनले भने, ‘अब भूमि नीति, ऐन र यससँग सम्बन्धित केही व्यवस्थाहरू गर्नुपर्छ भन्ने विषयमा छलफल भइसकेको छ ।’

साथै, यसलाई कार्यान्व’यन कसरी ल्याउने, कार्यविधि, ऐन–नियममा के–के हुनुपर्ने, संस्थागत संरचना कस्तो हुनुपर्ने र कसले कसरी काम गर्ने भन्ने अहिले अध्ययनको क्रममा रहेको उनले बताए ।

ठगी अन्त्यका लागि ‘ल्यान्ड मार्केट’
अहिले कुनै पनि व्यक्तिले जग्गा किन्छु भन्दा जग्गा कारोबार गर्ने ब्रोक’रकहाँ जानुपर्ने हुन्छ । साथै, ब्रो’करमार्फत् पनि धेरै ठगी तथा अनियमितता हुनुका साथै कम राज’स्व संकलन हुने भएकाले ल्या’न्ड मार्के’टको अवधा’रणा ल्याउन लागिएको प्रवक्ता जोशीको दावी छ ।

किनबेच गर्न कसलाई सम्पर्क गर्ने भन्ने अन्योल र दला’ललाई सम्पर्क गर्दा ठ’गिने डर पनि उत्तिकै हुने हुनाले सरकारले उक्त अवधा’रणा ल्याएको उनको भनाइ छ ।

‘अहिले मानिसले जग्गा किन्न चाहने व्यक्तिले सिधै ब्रोकरको सहयोगमा जग्गाका किनबेच गर्ने प्रचलन छ । साथै, घरजग्गा कारोबार गर्दा ब्रो’करको हा’बी बढी छ,’ उनले क्लिकमान्डूसँग भने, ‘आगामी दिनमा ल्यान्ड मा\र्केटमार्फत घरजग्गाको कारोबार गर्नका लागि आधिकारिक संस्था तोकेको हुनेछ । जसबाट किन्न र बेच्नको लागि सहज हुनेछ ।’

यससँगै किन्न र बेच्न इच्छुक व्यक्तिहरूले आधिकारिक संस्थामा गएर आफूलाई पायक पर्ने र मनपर्ने स्थानमा सहजै जग्गा खरिद गर्न सक्ने उनले बताए । उक्त मार्केटबाट ग्राहकले किन्न र बेच्न इच्छुक व्यक्तिहरूले बिना झ’न्झट कारोबार गर्न सक्ने उनको बुझाइ छ ।

‘अहिले जग्गा धनीले पाउने मूल्य एउटा हुन्छ भने जग्गा किन्नेले तिर्ने मूल्य त्योभन्दा बढी हुन्छ । जसमा आफूले जग्गा बेच्दा न्यून मूल्यमा दिनुपर्ने र जग्गा किन्ने ग्रा’हकले उच्च मूल्य ति’र्नुपर्छ । त्यसैले ब्रो’करले अधिकतम मूल्य असुल्ने कार्यलाई अन्त्य गर्न यो व्यवस्था ल्याउन लागको हो,’ उनले भने ।

साथै, सरकारी मान्यताप्राप्त संस्थामार्फत् कारोबार गर्दा ठगिने, नक्कली जग्गा खडा गरी पुर्जा दिने जस्ता प्रवृत्तिलाई न्यून हुने मन्त्रालयको दा’वी छ । मन्त्रालयले ल्यान्ड मार्केट कार्या’न्वयन ल्याएसँगै कर छली तथा राजश्व चुहा’वट नि’यन्त्रण हुने विश्वास लिएको छ ।

अहिले जग्गा कारोबार गर्ने व्यक्तिहरूले जग्गा धनीहरूबाट अत्यधिक नाफा लिन खोज्ने प्रचलन छ । त्यसैले घरजग्गा खरिद बि’क्रीमा अनौ’पचारिक क्षेत्र हाबी भएकाले ल्यान्ड मार्केट ल्याउने वित्तिकै उक्त कार्यको अन्त्य भई सहज तथा सर्व’सुलभ मूल्यमा जग्गाको कारोबार हुने उनले जनाए ।

यसरी हुनेछ किनबेच ?
पछिल्लो समय डिजिटल प्लेट’फर्ममार्फत कारोबार बढेसँगै जग्गा कारोबार गर्ने व्यवसायीहरूले पनि जग्गाको कारोबार अनलाइनमार्फत् सूचना दिइरहेको पाइन्छ । विभिन्न ब्रो’करहरूले घरजग्गा कारोबारका लागि अनलाइन वेव’साइट द’र्ता गरी घर तथा जग्गाको कारोबार गरिरहेको छ ।

जिटल प्ले’टफर्मले गर्दा पछिल्लो समय सहज बनाएको व्यवसायीहरूको भनाइ छ । त्यस्तै, मन्त्रालयले पनि जग्गा खरिद–बि’क्री गर्न चाहनेलाई अनलाइनमार्फत् खरिद– बि’क्री गर्न सकिने व्यवस्था गर्नेछ । जसमा कुनै पनि जग्गा बि’क्री गर्नुपर्ने अवस्थामा वि’स्तृत रुपमा उक्त जग्गाको विवरण राख्नेछ । साथै, सोही वेवसाइटमार्फत नै खरिद गर्ने व्यवस्था मिलाउनेछ ।

त्यसैगरी ल्यान्ड मा’र्केटमा पनि बिक्री गर्न चाहने जग्गाको सूचीकरण हुन्छ र किन्न इच्छुकले सोही मार्केटमा किन्न सक्छ । यसले गर्दा कति खरिद बि’क्री गर्यो भन्ने रके’र्ड रहने जोशीको भनाइ छ । साथै, उक्त ल्यान्ड मार्केट कार्या’न्वयना आएका घरजग्गा कारोबारमा सह’जीकरण हुने मन्त्रालयको भनाइ छ । -क्लिक मान्डु बाट

प्रतिकृया दिनुहोस्