२०७८ आश्विन १ शुक्रबार

ओम्नी घोटाला – तत्कालीन स्वास्थ्यमन्त्रीलाई कारबाही गर्न सिफारिस !

काठमाडाैं : को’भिड-१९ रोगको माहामा’री फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरि’द गर्ने जिम्मे’वारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप त’नाव बढेको छ ।

को’रोना संक्र’मण रो’कथाम तथा नियन्त्र’णका लागि ओम्नीमार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा ख’रिद प्रक्रिया नै गलत भएको ठहर गर्दै सार्वजनिक लेखा समितिकोे सोमबार बसेको बैठकले अख्ति’यार दुरु’पायेग अनुस’न्धान आयोगको सचिवलाई पत्रलेखी दो’षीलाई कार’बाही गर्न निर्देशन दिएको छ।

समितिले आयोगलाई लेखेको पत्रमा समितिको गत पुस ३ गते बसेको बैठकले गरेको निर्णयको कार्यान्व’यनका लागि पत्राचार गरेको उल्लेख गरिएको छ। खरिद प्रक्रिया र समयमा सप्लाइ गर्न नसकेको विषयमा स्वास्थ्य विज्ञहरुले तत्कालै टिप्प’णी गर्नुका साथै खरिद प्रक्रियामा घो’टाला भएको भन्दै वि’रोध जनाएका थिए ।

गत वर्षको माघ २९ गोरखापत्रमा सूचना प्रकाशित गरी छिटो विधिबाट अति आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न अघि बढाएको प्रक्रिया नियमसंगत देखिए पनि कार्यान्वयन गर्ने पाटोमा भने अनियमितता देखिएको उल्लेख छ ।

तर, सोही प्रकृतिका सा’मग्री ख’रिद गर्न अर्को प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति जनाई नोबल को’रोना रो’कथाम तथा नि’यन्त्रण उच्चस्तरीय समन्वय समितिको गत वर्षको चैत ११ को नि’र्णयलाई आधार मानी बजेट तथा लागतको अनुमान तयार नगरी सार्वजनिक खरि’द ऐन र सार्वजनिक ख’रिद

नियमावलीवि’परीत अ’ख्तियार प्राप्त अधिकारीहरुले आफूमा निहित अधिकार प्रयोग नगरी अन्य व्यक्तिलाई खरिद कार्यमा संलग्न गराई अ’ख्तियार दु’रुपयोग गरेको अभियोग समितिले लगाएको छ ।पुस ३ गते बसेको समितिले औषधि ख’रिदमा भएको अनियमितता सम्बन्धमा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर स्प’ष्टीकरणसमेत सोधेको थियो ।

गतवर्षको चैतमा स्वास्थ्य मन्त्रालयले को’रोना सं’क्रमण नि’यन्त्रण तथा न्यूनी’करणका लागि प्रयोग गरिने स्वास्थ्य सामग्री खरि’दका लागि ओम्नी बिजनेस क’र्पोरेसन इन्टरनेसनललाई १ अर्ब २४ करोडको ठेक्का दिएको थियो ।

कम्पनीले खरिद गरी ल्याएको सामग्री पनि गुण’स्तरहीन देखिएको भन्दै वि’वाद आएसँगै ओ’म्नीलाई का’रबाही गरी भुक्तानी रोकेको र कालोसूचीमा राखिएको भनिए पनि ओम्नी समूहलाई भुक्तानी भने स्वास्थ्य मन्त्रालयले पहिला नै गरिसकेको बुझिएको छ । याे खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

२०७७ चैत्र १८, बुधबार १३:३४ गते 1 Minute 434 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार