२०७८ कार्तिक १ सोमबार

बधाई ! अष्ट्रेलियामा चम्किँदै नेपाली युवा राजु, ४० बलमा बनाए १५० रन !

काठमाडौं : भिक्टोरिया नेप्लीज क्रिकेट संघको आयोजनामा भइरहेको एक्सपर्ट टी-१० क्रिकेटमा प्रतियोगिता अन्तर्गत आइतबार लिग चरणका खेल सम्पन्न भएका छन् ।

लिग चरणका खेलमा एक्सपर्ट सगरमाथाले हिमालयन जाइन्ट्सलाई सात विकेटले पराजित गर्दा अर्को खेलमा म्याभेन क्रिकेट क्लबले एक्सपर्ट सगरमाथा ब्लुलाई २४ रनले पराजित गर्‍यो ।

यस्तै, अर्को खेलमा आरआरसी वारियर्सलाई हिमालयन जाइन्ट्सले आठ विकेटले हराउँदा जाइन्ट्स म्याभेन सीसीलाई ९ विकेटले हरायो ।

अन्य खेलहरूमा एक्सपर्ट सगमारथाले रोयल राइनोज वारिर्यसलाई विशाल अन्तरले पराजित गरेको छ । एक्सपर्ट सगरमाथाले पहिलो ब्याटिङ गर्दै दश ओभरमा विना विकेटको क्षति विष्फोटक ब्याटिङ गर्दै १ सय ७१ रन बनाएको थियो ।

एक्सपर्टका लागि कप्तान आशिस जिसीले ३९ बलमा १ सय ३२ रन बनाए । जसमा १५ छक्का र सात चौका सामेल थियो। जवाफमा रोयल राइनोज वारियर्स ८९ रनमा समेटियो ।

यस्तै, लिग चरणकै अन्य खेलमा ग्लोबल इन्टरफेसले रोयल राइनोज क्रीकेट क्लबलाई ४६ रनले पराजित गरेको छ भने अर्को खेलमा रोयल राइनोजले हिमालयन टाइटन्सलाई एक विकेटले पराजित गर्न सफल भयो ।

यस्तै, अर्को खेलमा एक्सपर्ट सगरमाथा रेनेगेड्सले ग्लोबल इन्टरफेसलाई सात रनले हराउन सफल भयो। यस्तै ग्लोबल एन्टरफेसले लगत्तै हिमालयन टाइटन्सलाई एक सय २६ रनको बिशाल अन्तरले पराजित गरेको छ ।

खेलमा पहिलो ब्याटिङ गरेको ग्लोबलले १० ओभरमा एक सय ८५ रन जोडेको थियो । खेलमा ग्लोबलका राजु न्यौपाने एक्लैले ४० बल खेलेर १ सय ५० रन बनाए।

राजुले १४ छक्का र १२ चौका प्रहार गरेका थिए । दोस्रो ब्याटिङ गरेको टाइटन्स ५९ रनमा अल आउट हुन पुगेको थियो।

यस्तै अन्तिम खेलमा एकसपर्ट रेनेगेटले रोय राइनोज क्रिकेट क्लबलाई पाँच रनले हरायो । प्रतियोगिताका विजेताले तीन हजार र उप विजेताले १५ सय डलर पुरस्कार पाउने छन् ।

प्रतियोगितालाई एक्सपर्ट एजुकेशन, हंग्रीआइज रेस्टुरेन्ट, थ्रिआरजे, बुद्ध ट्राभल्स, एभरेष्ट ड्राइभिङ, डाइनेष्टी लिभिङ, क्यापकर्न, लालिगुरासलगायतले सहयोग गरेका छन् । -बझाङ न्युज

२०७७ चैत्र १८, बुधबार १५:०८ गते 1 Minute 759 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार