२०७८ आश्विन २ शनिबार

माथिल्लो तामाकोसीको प्राविधिक परीक्षण धमाधम : वैशाखमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादनको तयारी !

काठमाडौ : राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् उत्पादनपूर्वको प्राविधिक परीक्षणले गति लिएको छ । अहिलेसम्म गरिएका प्राविधिक परीक्षण सफल भइरहेकाले अब तोकिएको समयमै विद्युत् उत्पादन थालिने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार वैशाखभित्रै पहिलो युनिटबाट विद्युत् उत्पादन थालिनेछ । अहिले ड्याम (बाँध)मा पानी राखेर बालुवा थिग्र्या’उने कामको प्राविधिक परीक्षण भइरहेको छ । वर्ष दिनअघि नै बाँधको परीक्षण भइसकेकाले अहिले बाँधमा पानी हालेर बालुवा थिगार्ने परीक्षण भइरहेको हो । यसमा विशेष गरी हाइ”ड्रो मेका’निकल गेटहरू परीक्षण भइरहेको छ ।

बाँधमा भरिएको पानीलाई अब घटाउँदै लैजाने तयारी छ । त्यसबाहेक अबको २ हप्ताभित्र परीक्षणमा देखिएका क’मजोरीलाई सुधार गरिनेछ । त्यसपछि वैशााखको दो’स्रो हप्तासम्ममा सुरुङ (टनेल)मा पानी हाल्ने काम थालिनेछ । ‘यससँगै ढिलोमा वैशाख मसान्तसम्ममा पहिलो युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादन सुरु हुनेछ,’ प्रवक्ता डा. न्यौपानेले भने ।

नयाँ कार्यतालिकाअनुसार पहिलो यु’निट चा’र्ज भएको २ हप्तामा अर्को युनिट चार्ज गरिनेछ । त्यसपछि ढिलोमा पनि असारसम्ममा सबै ६ युनिटबाट विद्युत् उत्पादन थालिनेछ ।
त्यसअघि चैत मसान्तभित्रमा पाइप जडानको काम सम्पन्न गर्ने लक्ष्य छ । अन्य परीक्ष’ण पनि सकिनेछ ।

ढिलो नै भए पनि वैशाख पहिलो हप्ताभित्रमा विद्युत् उत्पादनपूर्वको सम्पूर्ण निर्माण र परीक्षणको काम सकिनेछ ।
यसअघि आयोजना व्यवस्थापनले मंसिरसम्म पहिलो युनिटबाट विद्युत् उत्पादन थालिने तयारी थियो । तर, समयमा प्राविधिक काम नसकिँदा विद्युत् उत्पादन हुने म्याद २०७८ वैशाखसम्ममा सरेको छ । भारतीय ठेके’दार कम्पनीले समयमा डिजाइन एक्सपा’न्सन ज्वाइन्ट पाइप उपलब्ध गराउन नसक्दा आयोजना ढिला भएको हो ।

आयोजनाको लट २ को ठेके’दार कम्पनी टेक्स’म्याको रेल एन्ड इन्जि’नियरिङ कम्पनीले एक्स’पान्सन ज्वा’इन्ट पाइप बनाउन ढिलाइ गरेको थियो । उसले माघसम्ममा पाइप जडान गर्नुपर्ने समयसीमा तोकिएको थियो ।

त्यसलाई पर्खि’ने हो भने थप ६ महिना ढिला हुने भएपछि डिजाइन नै परिवर्तन गरिएको थियो । विज्ञ, परामर्शदाता र ‘प्यानल अफ एक्सपर्ट’को राय–सुझाबअनुसार एक्स’पान्सन ज्वा’इन्ट पाइप राख्ने ठाउँमा वैक’ल्पिक पाइप राखेर उत्पादन थाल्ने निर्णय गरेको थियो । चाँडै उत्पादन थाल्ने लक्ष्यका साथ पूर्वनि’र्धारित डिजा’इनलाई अन्तिम अवस्थामा आएर परिवर्तन गरिएको र यो पूर्वनि’र्धारित डिजाइनमा जतिकै गुण’स्तरीय रहेको उनको भनाइ छ ।

ब्याजसहित आयोजनाको लागत ८३ अर्ब
निर्माण अवधि दोब्बरभन्दा बढीले बढेको आयोजनाको लागत ८३ अर्ब रुपैयाँ पुग्दै छ । चालू आवको दोस्रो चौमासिकसम्मको खर्च ८२ अर्ब रुपैयाँ पुगेको थियो । वैशाखसम्म करिब ८३ अर्ब रुपैयाँ खर्च हुने आयोजना प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । ‘त्यसमा ५३ अर्ब साँवा र ३० अर्ब ब्या’ज रहेको छ,’ उनले भने ।

आयोजना थालनी हुँदा ब्याजबाहेक ३५ अर्ब रुपैयाँमा आयोजना सम्पन्न गर्ने उल्लेख थियो । आयोजना थालनी गरिएको आर्थिक वर्ष ०६५/६६ मा सम्पन्न हुँदासम्म ब्याजसहित अयोजनाको लागत ४८ अर्ब ५१ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको थियो
तर, अहिले ब्याज र अमेरिकी डलरको अधिnमूल्यनबाहेक नै ५३ अर्ब रुपैयाँ लागत पुगेको छ । आयोजनाको वित्तीय व्यवस्थापन हुँदा १ अमेरिकी डलरको मूल्य ७२ रुपैयाँ रहेको र आयोजना सम्पन्न भइसक्दा अधि’कतम ८० रुपैयाँ पुग्ने प्रक्षेपण थियो ।

तर, अहिले त्यसमा धेरै ठूलो परिवर्तन आउँदा पनि लागत बढेको, तर अन्य आयोजनासँग तुलना गर्दा अत्यधिक नभएको आयोजना व्यवस्थापन पक्षको भनाइ छ । अहिले पनि प्रति’मेगावाट १७ करोड हाराहा’रीमा रहेको छ । काम लगभग सकिएकाले अब ब्याज र कर्मचारीमा हुने खर्च मात्र आयोजनाको लागत बढाउन सहायक रहनेछन् ।

गत आव ०७६/७७ को चैतमा काम सम्पन्न हुँदा आयोजनाको लागत ७३ अर्ब ६८ करोड पुग्ने आकलन थियो । चैत ०७६ मा आयोजना सम्पन्न गर्दा लागत ५१ अर्ब ९४ करोड र निर्माण अवधिको ब्या’ज २१ अर्ब ७४ करोड गरी कुल लागत ७३ अर्ब ६८ करोड हुने अनुमान गरिएको थियो । ०७२ को भूकम्प र ठेकेदारको ढिलाइका कारण आयोजनाको समय लम्बिँदा लागत बढेर निर्माण अवधिको ब्या’जबाहेक नै ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ संशोधित अनुमान थियो । त्यसपछि निर्माण अवधिको ब्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ पुग्ने संशोधन गरियो ।

आयोजना निर्माण थालिएको ११ वर्ष
५ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित साउन ०६७ मा सुरु गरिएको ब’हुप्रतीक्षित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण थालिएको अहिले १० वर्ष ९ महिनामा हिँडिरहेको छ । तर, आयोजना पछिल्लो प्रगति अवस्थाले ११ वर्ष पूरा नभई आयोजना पूर्ण सञ्चालनमा आउने देखिँदैन । ४ सय ५६ मेगावाट क्षमताको आयोजनाबाट अघिल्लो आर्थिक वर्ष सरकारले ०७७ असारमा ७६ मेगावाटको पहिलो युनिट सञ्चालन गर्ने लक्ष्य तय गरेको थियो । संरचनाको फि’निसिङ, परीक्षणलगायत कार्य भने ०७६ को चैतभित्र पूरा गर्ने लक्ष्य थियो ।

यसकारण ढिलाइ भयो ?
आयोजना ढिलाइ हुनुमा सबैभन्दा पहिला भूकम्पले अ’वरोध ¥यो । त्यसपछि नाकाब’न्दीले पनि असर ग¥र्‍यो । पछिल्लो समयमा भने को|भिडले पनि ठूला आयोजना प्रभावित भए । त्यसमध्ये पेन’स्टक पाइप जडानमा भएको ढिलाइ पनि आयोजनालाई पछि धकेल्ने एउटा प्रमुख कारण हो । तोकिएको समयभन्दा ढिलो गरी माथिल्लो र तल्लो ठा’डो सुरुङमा १ सय ३४ पेन’स्टक पाइप जडानमा ढिलाइ हुँदा असारमै विद्युत् उत्पादन गर्ने लक्ष्य तु’हिएको थियो ।

०७६ असारदेखि सुरु भएको ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्ने काम माघसम्म (८ महिना)मा सक्ने लक्ष्य थियो । तर, साढे ४ महिना ढिला पेनस्ट’क पाइप जडान सम्पन्न भएको थियो । ३ सय ५ मिटर लामो माथिल्लो सु’रुङमा ६१ पेन’स्टक पाइप जडान गर्ने काम १४ असारमा सम्पन्न भएको थियो । माथिल्लो ठाडो सुरुङ जडान कार्य लट २ को ठे’क्का प्याकेजअन्तर्गत हा’इड्रो मेका’निकल सामानको आ\पूर्ति तथा जडान कार्यको ठे’केदार भारतीय कम्पनी टेक्स’म्याको रेलवे इन्जि’नियरिङले गरेको हो ।

यसअघि ३ सय ६७ मिटर अग्लो तल्लो सुरुङमा पेनस्टकको अन्तिम पाइप जडान कार्य गत जेठमा सम्पन्न भएको थियो । तल्लो ठाडो सुरुङमा ७३ वटा पेनस्टक पाइप जडान गरिएको छ । आयोजनाको ३ सय ७३ मिटर ग’हिराइको तल्लो ठाडो सुरुङमा पाइप जडान कार्य लट ३ अन्तर्गत पा’वरहाउस निर्माण कार्यका लागि छानिएको ठेकेदार अस्ट्रि’यन कम्पनी ए’न्ड्रिज हाइ’ड्रोले गरेको हो ।

त्यस्तै, दुवै सुरुङमा पे’नस्टक पाइप आपूर्ति तथा जडान गर्ने ठे’क्का पाएको टे’क्सम्याकोले आपूर्ति र जडानमा ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा ए’न्ड्रिजलाई दिइएको थियो । आयोजनाको प्रव’र्द्धक अपर तामाकोसी हा’इड्रोपावर लिमिटेड, टे’क्सम्याको र एन्ड्रि’जबीच २३ पुस ०७५ मा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रि’पक्षीय सम्झौ’ता भएको थियो ।-नयाँ पत्रीका बाट

२०७७ चैत्र १९, बिहीबार २१:३९ गते 1 Minute 680 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार