२०७८ आश्विन ४ सोमबार

यी नेताले छोड्दै छन् माधव समुह, योगेश भट्टराई र गोकर्ण बिष्ट ओली संग मिल्ने !

काठमाडौं : अघिल्लो शुक्रबार बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकमा महासचिव ईश्वर पोखरेलले माधव–झलनाथ पक्षका बरिष्ठ नेताहरुलाई मञ्चमा नराख्न लबिङ गरे ।

तर, ओली समूहमै रहेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पोखरेलको खण्डन गरे । पार्टीको प्रमुख भइसकेका र प्रधानमन्त्रीसमेत भइसकेका व्यक्तिलाई सम्मानपूर्वक मञ्चमै राख्नुपर्ने नेम्वाङले अडान लिएका थिए ।

अन्ततः बरिष्ठ नेता झलनाथ खनाललाई मञ्चमै राखियो । माधव नेपाल भने बैठकमै उपस्थित थिएनन् । माधव नेपाल र भीम रावललगायतका चार नेतालाई सोधिएको स्पष्टीकरणमा महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेका थिए ।

तीनदिने म्यादसहित सोधिएको स्पष्टीकरण पत्र चैत ८ गते लेखिएको थियो । तर, १० गते रातिसम्म पत्रको जवाफ नआएपछि पोखरेल तत्कालै उनीहरुमाथि कारवाही गर्ने पक्षमा उभिए ।

सुवास नेम्वाङ र विष्णु पौडेल लगायतका नेताहरु चाहिँ पार्टीमा अदालतको पूर्जीजस्तो गर्न नहुने पक्षमा उभिए । एमाले स्रोतका अनुसार ईश्वर पोखरेलले चैत १० गते राति १२ बजेसम्म स्पष्टीकरणको जवाफ नआएमा तुरुन्तै कारवाही गर्नुपर्ने तर्क गरेका थिए ।

तर, अरु नेताले त्यसो गर्न नहुने बताएपछि पोखरेलको चाहनामा केही समय ‘ब्रेक’ लाग्यो । सुरेन्द्र पाण्डेले त सबैभन्दा ढिलो चैत १७ गतेमात्रै जवाफ लेखेका छन् ।

नेकपा एमालेभित्र दुई लाइन संघर्ष चलिरहँदा यसलाई अझै चर्काउन खोज्ने र मिलाउन खोज्ने दुई धार देखा परेको छ । यस्तो दुई धार ओली पक्षमा पनि देखिएको छ र माधव नेपाल पक्षमा पनि ।

ओली समूहमा रहेका महासचिव ईश्वर पोखरेल ‘हार्डलाइनर’ नेता हुन् । यसअघि माओवादीसँगको एकतामा पनि असन्तुष्ट रहँदै आएका पोखरेल अहिले माधव–झलनाथ समूहमाथि कडा कारवाहीको पक्षमा उभिएका छन् ।

ओली पक्षका हार्डलाइनर ईश्वर पोखरेल, गोकुल बाँस्कोटा र महेश बस्नेत लगायतका नेताहरु खनाल–नेपाल पक्षलाई पेलेरै ठेगान लगाउनुपर्ने पक्षमा उभिएका छन् भने सफ्ट’लाइनर भनेर चिनिएका पौडेल, नेम्वाङ र ज्ञवालीहरु सम्वाद र सहमतिबाट अघि बढ्नुपर्ने मनस्थितिमा भए पनि ओलीसँग त्यसबारे खुलेर छलफल गर्न डराइरहेका छन् ।

तर, ओली समूहकै अन्य नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतचाहिँ माधव–झलनाथ पक्षसँग सहमति खोज्नुपर्ने पक्षमा छन् । उनीहरु ओली समूहका ‘सफ्ट’लाइनर’ नेता हुन् ।

एमालेमा एकताको पक्षधर मानिने विष्णु पौडेलले नै अघिल्लो साता धुम्बाराहीमा ओली र माधव नेपाल पक्षबीच वार्ताको पहल गरेको एमाले स्रोतको भनाइ छ । भलै, त्यो वार्ता सफल हुन सकेन ।

अध्यक्ष ओलीले महासचिव ईश्वर पोखरेलमार्फत चैत ८ गते माधव नेपालसहितका चार नेतालाई पार्टीको अनुशासनविपरीत गुटबन्दी गरेको भन्दै लिखित स्पष्टीकरण सोधेका थिए ।

नेपाल समूहका यी नेताले देखाए ओली तिर झुकाब

ओली पक्षमा मात्रै होइन, खनाल नेपाल पक्षमा पनि हार्डलाइनर र सफ्टलाइनरको कित्तामा नेताहरु विभाजित देखिन्छन् । ओलीसँग कुनै हालतमा मिल्नुहुन्न भन्नेमा नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँ’क्रीलगायतका नेताहरु छन् ।

यो समुहमा योगेश भट्टराई, गोकर्ण विष्ट, रघुजी पन्त लगायतका नेताहरु चाहिँ ओलीसँग मिलेर अघि बढ्नुपर्ने पक्षमा उभिएको स्रो’त बताउँछ । सत्तारुढ एमालेभित्रको आन्तरिक कलह थप झाँगिदै जाने देखिएको छ ।

एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने, एउटा पक्षले गरेका निर्णय अर्को पक्षले अस्वी’कार गर्ने र त्यसको काउन्टरमा दुवै पक्षले समानान्तर गतिविधि सञ्चालन गर्ने गतिविधि तीव्र हुँदै गएका छन् ।

पछिल्ला घ’टनाक्रमहरूले औप’चारिकरुपमा पार्टी विभाजन नभए पनि दुवै पक्षको गृहकार्य भने पार्टी विभाजनतर्फ नै उन्मुख भएको प्रष्ट भएको छ ।

ओलीले गरेको कारवा’हीको काउ’न्टरमा खनाल नेपाल पक्षले आफ्ना पक्षका नेता कार्यकर्ताहरूलाई ओली कदमविरुद्ध देशव्यापीरुपमा प्रतिवा’द गर्न निर्देशन नै जारी गरिसकेको छ ।

साथै यो पक्षले त्यसका लागि केन्द्रदेखि वडातहसम्म नै संगठन विस्तार र समानान्तर गतिविधि बढाउँदै लैजाने नीति लिएको छ । २०७५ साल जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई २०७७ साल फागुन २३ गते सर्वोच्च अदाल’तले खारेज गरिदिएपछि पूर्ववत् अवस्थामा फर्किएका २ पार्टीमध्ये एमालेमा त्यसको बढी असर देखिएको हो ।

के भन्छिन अष्टलक्ष्मी शाक्य

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्म समीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएकि छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमाले बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा ने’तृ शाक्यले अहिलेको नि’षेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि उनले बताइन् । -प्र’हार न्युज

२०७७ चैत्र २०, शुक्रबार ०६:४५ गते 1 Minute 1041 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार