२०७८ कार्तिक ११ बिहीबार

नेपाली खेलाडी सम्मिलित पाकिस्तानी महिला फुटबल च्याम्पियनसिप रद्द !

काठमाडौ : नेपाली खेलाडी सम्मिलित पाकिस्तानी राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र’द्द भएको छ । पाकिस्तान फुटबल फेडेरेसनले आफ्नो आधिकारिक फेसबुक पेजमा

एक सूचना जारी गर्दै प्रतियोगिता र’द्द भएको जनाएको हो । प्रतियोगिता रद्द गर्नुको कारण भने खुलाइएको छैन।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका चार जना खेलाडी च्या’म्पियनसिप खेल्न यतिबोला पाकिस्तानमा रहेका छन् ।

उनीहरु मासा युनाइटेड क्लबका लागि च्याम्पियनसिप खेलिरहेका छन् । यसै वर्ष मात्र राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा डेब्यु गरेको मासाले नेपाली राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई कप्तानको जिम्मेवारी दिएको थियो ।

गोलरक्षक एन्जिलासँगै मिडफिल्डर सरु लिम्बु, डि’फेन्डर गीता राना र स्ट्रा’इकर अनिता केसी चम्किएपछि मासाले अपराजित रहँदै समूह विजे’ताको रुपमा नका’उट च’रणमा स्थान बनाउन सफल भएको थियो ।

मासाले तीन जित र एक बराबरी निकाल्ने क्रममा ६० गोल गर्दै दुई गोल मात्र बेहोरहेको थियो । समूह बीको विजेता मासाले क्वार्टरफाइन अन्तर्गत समूह डीको उपविजेता डिया वुमन फुटबल क्लबसँग प्रति’स्पर्धा गर्ने तय भएको थियो ।

तर पाकिस्तान फुटबल फेडेरेसनले शनिबार मध्यरातमा आफ्नो फेसबुक पेजमार्फत २०२१ को प्रतियोगिता र’द्द भएको जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले एक मिलियन पाकिस्तानी रुप्पी पाउने तय भएको थियो । उपवि’जेताले ७ लाख ५० हजार, तेस्रो टिमले ५ लाख र डेभलप्मेन्ट चरण विजेताले ५० हजार पाउने तय भएको थियो ।

यस वर्ष प्रति’योगितालाई मुख्य चरण र डेभलप्मेन्ट चरण गरी दुई चरणमा विभाजन गर्दै शुरु गरिएको थियो । डे’भलेप्मेन्ट चरणमा समूहको शीर्ष दुईबाहेकका टोलीहरु बीच प्रति’स्पर्धा हुने तय भएको थियो ।

प्रतियोगिताको दौ’रान मासासँग प्रति’स्पर्धा गर्नुभन्दा दुई दिनअघि मार्च १४ मा समूह बि मा नै रहेको कराँची युनाइटेडको खेलाडीमा को’रोना देखिएपछि केही समय खेल स्थगित समेत भएको थियो । -मेरो खेल बाट

२०७७ चैत्र २०, शुक्रबार १०:२४ गते 1 Minute 956 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार