२०७८ कार्तिक ११ बिहीबार

थ्री नेसन्स कप विजेता खेलाडीलाई पुरस्कार घोषणा !

काठमाडौं : त्रिदेशीय नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलका विजेता नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई पुरस्कार घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज खेलाडीलाई जनही १–१ लाख रुपैयाँ दिने गरी पुरस्कार घोषणा गरेको हो । नेपालले हिजो कपको फाइनलमा पाहुना टोली बंगलादेशलाई २–१ ले हराउँदै च्याम्पियन बनेको थियो ।

नेपालले दशरथ रंगशालामा ३७ वर्षपछि उपाधि जितेको हो ।
नेपाली टोली च्याम्पियन बनेको भोलिपल्ट नै एन्फाले पुरस्कार घोषणा गरेको हो । यता, एन्फाले च्याम्पियन टोलीले पाउने ५ हजार अमेरिकी डलर पुरस्कार र खेलाडीले पाउने पुरस्कार सँगै दिने जनाएको छ ।

नेपालको जितमा सन्जोग राई र विशाल राईले गोल गरेका थिए । प्रतियोगितामा नेपाल र बंगलादेशसहित किर्गिस्तानको यु–२३ टोलीले प्रतिस्पर्धा गरेका थिए । नेपाल र बंगलादेशका दुई खेलले भने फिफाद्वारा अन्तर्राष्ट्रिय खेलको मान्यता पाएका छन् ।

२०७७ चैत्र २०, शुक्रबार २१:१० गते 0 Minutes 758 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार