मंगलबार , साउन १९, २०७८

फेरी संसद बिघ’टनको तयारीमा ओली, देउवा र ठाकुर पनि उभिए चुनावकै पक्षमा !

चैत्र २०, २०७७ शुक्रबार 571

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देश दुई ध्रु’वमा बाँडिएको थियो । एकथरी प्रतिनिधिसभा पुनःस्थापना र अर्कोथरी प्रधानमन्त्री ओलीले घोषणा गरेको चुनावको पक्षमा थिए ।

त्यस बेला सबैभन्दा अन्यो’लपूर्ण यात्रामा थियो, नेपाली कांग्रेसको नेतृ’त्व र पूरै संस्थापन पक्ष । पार्टीको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा वि’घटन गर्ने कदम असं’वैधानिक र अलोक’तान्त्रिक भएको निर्णय गरिएको थियो ।

त्यसका वि’रुद्ध कांग्रेसले चर’णबद्ध आन्दोलनको घोषणा पनि गरेको थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवा र संस्थापन पक्ष चुनावमा जानु संवैधानिक हो भन्ने रटान लगाइरहेको थियो ।

गएको फागुन ११ गते सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम असंवै’धानिक घो’षणा गर्दै प्रतिनिधिसभा पुनःस्थापित गरिदियो । चु’नावको पक्षमा व’कालत गर्ने उनै देउवाले संविधानको रक्षा गरिदिएकोमा सर्वोच्च अदाल’तलाई धन्यवाद दिदै विज्ञप्ति जारी गरे ।

प्रतिनिधिसभा पुनःस्थापनापछि धेरैको अनुमान थियो, प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा गर्नेछन् । प्रमुख प्रतिपक्षी दलका नेता देउवाले वैकल्पिक सरकार निर्माणको अभ्यास थाल्नेछन् ।

अनि, प्रतिनिधिसभा वि’घटन हुँदा त्यसविरु’द्ध आन्दो’लनमा होमि’एका शक्तिहरु वैक’ल्पिक सरकार निर्माण गरेर संविधान कार्या’न्वयनका पक्षमा एकमत हुनेछन् ।

तर, प्रतिनिधिसभा पुनःस्थापनाको एक महिना र हप्ता दिन बितिसक्दा यी सबै अनुमान गलत साबित भएका छन् । राजनीतिक यथार्थ अर्कै देखिएको छ । प्रति’निधिसभा पुनःस्थापनाका ३७ दिनसम्म प्रधानमन्त्री ओलीको विकल्पको खोजी समेत सुरु भएको छैन ।

प्रधानमन्त्री ओलीविरु’द्ध कडा अभिव्यक्ति दिने जसपाको महन्थ ठाकुर पक्ष ओली सरकारको रक्षा कवच बनिरहेको छ । अनि, वैकल्पिक सरकारको नेतृ’त्व दा’बी गर्ने र बाँकी दललाई सहमतिमा ल्याएर गठबन्धन बनाउने अपेक्षा गरिएको प्रमुख प्रतिपक्षी दल कांग्रेसको नेतृ’त्व ओलीकै नेतृत्वमा मंसिरमा अर्को चुनाव घो’षणाको पक्षमा छ ।

यो संसद्को अंक’गणितले वैक’ल्पिक सरकार बनाउन सक्ने अवस्था छैन,” कांग्रेस नेता लेखकले भने, “यस्तो सबै हिसाबले अनैतिक भएको सरकार संसद्ले हटाउन सक्दैन भने जनमतबाट हटाउनुपर्यो । त्यसका लागि निर्वाचन एक मात्र विकल्प हो ।”

कांग्रेसमा संस्थापनको तयारीप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने सकारात्मक हुनसकिरहेको छैन । त्यसैले उसले आफ्नै नेतृ’त्वलाई ख’बरदारी गरिरहेको छ । “हामै पार्टीका साथीहरु पनि मंसिरको चुनाव भन्दै हुनुहुन्छ ।

संविधानको रक्षाका लागि यो संसद्लाई पूरा समय काम गर्न दिनुपर्छ । संविधान भत्का’उनेहरुलाई निरुत्साहित गर्नुपर्छ,” पौडेलले मंगबार ट्रेड युनियन कांग्रेस काठमाडौंले गरेको कार्यक्रममा भने, “व्यवस्था जोगियो भने सत्ता पटक–पटक आउँछ ।

व्यवस्था भ’त्कियो भने सत्ताको औचि’त्य नै समाप्त हुनसक्छ ।” उनले कांग्रेसले संसद् र संविधान भत्काएर गरिने चुनावको पक्षमा नभएर यही संस’द्बाट अधिनायकवा’दीको विकल्प दिनुपर्ने बताएका छन् ।

जसपा सरकारमा पनि जाँदैन, वैकल्पि’क सरकार बन्न पनि दिँदैन,” मधेसबाट चु’नाव जितेका सीमितमध्येका कांग्रेस सांसद अमरेश सिंहले भने, “माओवादी केन्द्रले स’मर्थन फिर्ता लिएपछि केपी ओली अल्पमतमा पर्छन् ।

जसपाले समर्थन नगर्दा’सम्म नयाँ सरकार बन्न सक्दैन । त्यसपछि आगामी मंसिरका लागि चुनाव घोषणा हुन्छ ।” उनले यहाँका निर्णयक शक्तिले घोषणा गर्दैमा चुनाव नहुने भन्दै चुनावको सुनिश्चितता इन्डो–अमेरिकन शक्ति र चिनियाँ शक्तिबाट निर्देशित हुने बताएका छन् ।

जसपाका ठाकुर पक्ष नेताहरुले भने सरकारसँग वार्ता जारी रहेको भन्दै माग सम्बोधन हुनेरनहुने सुनिश्चित नभएको र त्यसपछि के हुने भन्ने विषयमा पनि कुनै निर्णय नभएको बताउने गरेका छन् ।

सबै दलभित्र अहिलेकै संसद्बाट निकासको मत

सत्तारुढ नेकपा एमाले देखि प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादीसम्म वर्तमान संस’द्बाटै निकासको खोजीमा छन् । सत्ता’रुढ एमालेमा खनाल–नेपाल पक्ष वर्तमान संसद्को वैधानिक प्रयोग राम्रोसँग हुनुपर्ने पक्षमा छ ।

उक्त समूह पार्टी र सत्ता ओलीले अवैधानिक रुपमा क’ब्जा गरेको भन्दै वि’द्रोह गरी विधिसम्मत सञ्चालन वा छुट्टै यात्राको विकल्पको गृहकार्यमा जुटिरहेको छ ।

कांग्रेसको वरिष्ठ नेता पौडेल–सिटौला पक्ष वर्तमान संसद्भित्रैबाट राजनीतिक रुपमा ‘अनैतिक’ भएको ओली सरकारको विकल्प खोजी गर्नुपर्ने पक्षमा छ । उक्त पक्षले ओलीको विकल्प संसद्बाट खोजी हुनुपर्ने र त्यसको अगु’वाइ कांग्रेसले गर्नुपर्ने निर्णय नै गरिसकेको छ ।

त्यही निर्णयपछि राखेको प्रस्तावलाई कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्वीकार गरेर सभापति देउवालाई प्रधानमन्त्रीका रुपमा समेत अघि सारिसकेको छ ।

जसपामा दुईमध्ये एक अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई तत्काल ओलीको विकल्पका पक्षमा छन् । यादवले त ओली एउटै मञ्चमा भएका बेला ‘प्रधानमन्त्रीलाई बहुमत नपचेको’ भन्दै विकल्पको कुरा राखिसकेका छन् । -प्र’हार न्युज

प्रतिकृया दिनुहोस्