२०७८ कार्तिक १ सोमबार

बायोमेट्रिक हाजिरी नमिलेमा श्रमिकलाई विमानस्थलको श्रम कक्षबाटै फर्काइने !

काठमाण्डौ : आउँदो वैशाख १ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा बायो’मेट्रिक हाजिरी नमिलेमा वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई श्रम कक्षबाट फर्काइने भएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले जानु पूर्व तोकिए अनुसारको अभिमु’खीकरण तालिम र बायो नलिई प्रमा’णपत्र मात्र लिने गरेको र नक्कली बायो’मेट्रिक लिई जाने गरेको पाइएको भन्दै वैदेशिक रोजगार विभागले अब यसो गरेमा र श्रम कक्षमा

बायोमे’ट्रिक हाजिरी नमिलेमा फर्काइने जनाएको हो ।
वैदेशिक रोजगार ऐन र नियमावलीले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा पूर्व प्रस्थान अभिमु’खीकरण तालिम लिनुपर्ने व्यवस्था गरेको छ ।

अभिमुखीक’रण तालिम दिने संस्थाले समेत तोकिएको समयमा सम्बन्धित व्यक्तिको बायो’मेट्रिक हाजिरी गराई तालिम दिनुपर्ने हुन्छ । त्यो हाजिरीको विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमा उपलब्ध गराउनुपर्छ ।

तर पछिल्लो समय अनिवार्य रूपमा लिनुपर्ने अभिमु’खीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने र दिने गरिएको पाइएको विभागको भनाइ छ ।

विभागका अनुसार तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायो’मेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराएको लिएको कारणले विभागको श्रम कक्षमा वैदेशिक रोजगारीमा जाने श्रमिकको हाजिरी विवरण नमिल्ने गरेको छ ।

यसरी हाजिरी नमिल्दा इन्स्यो’रेन्स तथा कल्या’णकारी कोषबाट प्राप्त हुने सुविधाबाट श्रमिक वञ्चित हुनेछन् भने बायो’मेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकृति लिन समेत गाह्रो हुन्छ ।

साथै गन्तव्य देश सम्बन्धी जानकारी, वैदेशिक रोजगार सम्बन्धी कानुन तथा अन्य आवश्यक जानकारीसमेत नहुँदा श्रमिकलाई नै परदेशमा जो’खिम हुन्छ । त्यसैले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा पूर्व प्रस्थान अभिमुखी’करण तालिम लिन विभागले आग्र’ह गरेको छ । -उज्यालो अन्लाईन

२०७७ चैत्र २१, शनिबार ०५:४३ गते 1 Minute 416 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार