२०७८ कार्तिक ८ सोमबार

प्रिन्सले हरेक प्रतियोगिता जित्दा गौतमबुद्ध रंगशाला निर्माणमा सहयोग गर्ने ।

काठमाडौंः नेपाली युवा स्टार ब्याटमिन्टन खेलाडी प्रिन्स दाहालले धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने घोषणा गरेका छन्।
आफूले आगामी वर्षमा जित्ने प्रत्येक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय

प्रतियोगितको पाँच हजार रुपैयाँ फाउन्डेसनलाई सहयोग गर्ने घोषणा गरेका हुन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त जानकारी दिएका छन्। चितवनमा

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रि क्रिकेट रंगशाला निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गर्ने घोषणा गरेको उनले बताए।

चितवन भरतपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रि क्रिकेट रंगशालाको निर्माणको सहयोगअन्तर्गत २०७८ सालमा मैले जित्ने प्रत्येक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितको रू. ५, ००० धुर्मुस–सुन्तली

फाउन्डेसनलाई दिने निर्णय गरेको छु।’ प्रिन्सले फेसबुकमा लेखेका छन्। उनले अरुले पनि यसरी नै सहयोग गर्ने अपेक्षा गरेका छन्।

प्रिन्स विश्व वरियतामा पनि जुनियरतर्फ तेस्रो स्थानमा रहेका छन्। उनले यो वर्ष तीनवटा राष्ट्रिय प्रतियोगिताको उपाधि हात पारेका थिए। -डडेल्धुरा न्युज

२०७७ चैत्र २१, शनिबार ०५:५५ गते 1 Minute 497 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार