२०७८ आश्विन १३ बुधबार

प्रधानमन्त्री ओली भन्नुहुन्छ : नयाँ वर्षमा जनतालाई धरहरा उपहार दिन्छु ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा जनतालाई धरहरा उपहार दिइने बताउनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री

ओलीले भन्नुभयो, ‘भूक’म्पबाट क्षतिग्रस्त ऐतिहासिक धरहरा पुर्ननिर्माण अन्तिम चरणमा पुगेको छ ।आगामी नयाँ वर्षको पहिलो दिन उद्घाटन हुने जनताका लागि नयाँ वर्षको उपहार त्यही हुनेछ ।’सरकारले एकपछि अर्काे नयाँ काम र योजनाको

थालनी गरिरहेको पनि उहाँले बताउनुभयो । मेलम्ची खानेपानीलगायत थुप्रै योजनामा सरकारले सफलता पाएको पनि उहाँले बताउनुभयो ।देशलाई सुरु’ङमार्गमा लैजानेलगायत धेरै काम सरकारले गरेको उहाँले बताउनुभयो ।

बाटो, ढल र विद्युतको तालमेल मिलाउँदै विकासको गतिलाई अझ अघि बढाइने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।इतिहास झल्कने र आधु’निकता टल्कने हिसाबले निर्माणका

काम सम्पन्न हुनुपर्ने उहाँको भनाइ छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना पूरा गर्ने लक्ष्यमा सरकार अगाडि बढिरहेको भन्दै उहाँले विकासको गतिलाई रोक्न नदिइने प्रति’बद्धता जनाउनुभयो ।

२०७७ चैत्र २२, आईतवार ११:३८ गते 1 Minute 1307 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार