शनिबार , जेठ २९, २०७८

उद्योगीले तिरेनन् सवा १० अर्ब विद्युत् महसुल – कारबाही गर्न लेखा समितिको निर्देशन !

चैत्र २२, २०७७ आइतबार 393

काठमाडौं:नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड र ट्रंक लाइन सुविधा प्रयोग गरेर विद्युत् महसुल नतिर्ने उद्योगीहरुलाई एक महिनाभित्र रकम बुझाउन सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले उद्योगीबाट १ महिनाभित्र कानुनअनुसार असु’लउपर गर्न सरकारलाई निर्देशन दिएको हो ।समिति सभापति भरतकुमार शाहले ट्रंक लाइन र डेडिकेटेड सुविधाको १० अर्ब १४ करोड ८ लाख ३० हजार रुपैयाँ

अ’सुल गर्ने निर्णय भएको बताएका छन् । उनका अनुसार समिति सदस्य मिनेन्द्र रिजालको संयोजकत्वमा नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंक लाइनको ब’क्यौता सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनको सुझावअनुसार समितिले उक्त निर्णय गरिएको हो ।

बैठकमा सांसद प्रदीप यादवले उद्योगी, व्यापारीले लोडसेडिङको समयमा पनि २४ सै घण्टा विद्युत् आपूर्ति गरेको तर,रकम भुक्तानी नगरेकाले कारबाही पनि गर्नुपर्ने बताएका छन् । उनका अनुसार जनताले ६० दिनभित्र महसुल नतिरे तत्काल लाइन काट्ने तर उद्योगीले वर्षौं रकम नदिँदा पनि छुट हुने भन्दै तत्काल कारबाही हुनुपर्छ ।

प्रतिकृया दिनुहोस्