२०७८ आश्विन ६ बुधबार

फुटबल खेलाडी विशाल राई भन्नुहुन्छ : जब गोल हानेँ, त्यसपछि आँखा चिम्म गर्दा नेपालको झण्डा मात्र देखे ।

काठमाडौ : थ्री नेसन्स मैत्रीपूर्ण फूटबल प्रतियोगिता ‘थ्री नेसन्स कप’को उपाधि नेपालले उचाल्यो । नेपाल, बंगलादेश र कीर्गिस्तान सहभागी प्रतियोगिताको सोमवार भएको फाइनल भिडन्तमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।

त्यसक्रममा नेपालका लागि संजोग राई र विशाल राईले गोल गरे । सञ्जोगको गोलबाट लिएको अग्रता विशालले ४१ औं मिनेटमा दोब्बर पारेका थिए, त्यही गोल नेपालको जीतमा निर्णायक बन्न पुग्यो ।

प्रतियोगिता समापन भएको ४ दिनपछि विशालले उक्त खेलमा गोल गर्दाको क्षण र आफ्नो फूटबल करियरबारे कुराकानी गरेका छन् । कुराकानीका क्रममा विशालले गोल गरेपछि आँखा चिम्म गर्दा नेपालको झण्डा मात्र देखेको स्मरण गरे । धेरै एक्सपोजर पायो भने नेपालले फूटबलमा निकै राम्रो गर्न सक्ने उनको विश्वास छ ।

भिडियो !

मंहगो मुल्यमा बिक्री भयो किङ रोनाल्डोले रिसमा फ्याकेको आर्म ब्यान्ड ।

एजेन्सी : पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले रिसले फालेको आर्म ब्यान्ड ७५ हजार डलरमा बिक्री भएको छ । गत साता २०२२ को विश्वकप फुटबल प्रतियोगिताको छनोट खेलमा रोनाल्डोले रिसले उक्त आर्म ब्यान्ड फालेका थिए । सो छनोट खेलमा सर्बिया र पोर्चुगलबीच २–२ को बराबरी भएको थियो ।

खेल सकिनलाग्दा पोर्चुगी खेलाडी रोनाल्डोले नीलो रंगको आर्म ब्यान्ड टर्च लाइनमा फालेका हुन्। कप्तानी गरेको जनाउने आर्म ब्यान्ड टर्च लाइनमा फाल्दा रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल जगत्मा यसको आलोचना भएको थियो । यद्यपि यस सम्बन्धमा फिफाले केही पनि प्रतिक्रिया दिएको छैन ।

प्रतिस्पर्धाको इन्जुरी समयमा रोनाल्डोद्वारा प्रहारित गोललाई अफिसियलले मान्यता दिएन । उनले प्रहार गरेको बल गोललाइन क्रस भइसकेको थियो । बल गोललाइनभित्र पार हेर्दै रोनाल्डोले जितको खुसी मनाइसकेका थिए ।

रोनाल्डो अर्कोतिर खुसी मनाउन दौडिँदा सर्वियाका गोलरक्षक रक्षकले बल क्रसलाइनबाट क्लियर गरे । रेफ्रीले सर्बियाली गोलरक्षकै पक्षमा निर्णय सुनाए । गोलको मान्यता नदिएपछि रोनाल्डोले रिसाउँदै आर्म ब्यान्ड टर्च लाइननजिकै फालेका हुन् । त्यो आर्म ब्यान्ड एक फायर फाइटरले टिपे ।

उनले तत्कालै नीलो रंगको आर्म बान्ड एक च्यारिटी समूहलाई दिएको बताएका छन् । फाएर फाइटर जोर्डिजे भ्युकिएभिकले रोनाल्डो चिन्तित हुँदै आर्म ब्यान्ड टर्च लाइनमा फालेको प्रतिक्रिया दिएका छन् ।

यसबाट उठेको रकम ६ महिना बच्चाको उपचार निमित्त खर्च हुने जनाइएको छ । ती बालकको मेरुदण्डको अवस्था खराब छ । ती बच्चाको उपचार निमित्त दुई लाख पाउन्ड आवश्यकता पर्छ । ती बालककी आमा नेभेनाले अहिलेसम्म एक लाख पाउन्ड संकलन भएको जानकारी दिएकी छिन् ।

२०७७ चैत्र २२, आईतवार २०:३८ गते 0 Minutes 703 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार