२०७८ आश्विन ६ बुधबार

मलेसियाबाट ल्याइयो १२ श’व, विमानस्थल पुगेका बाबुरामको थामिएन आँसु !

काठमाडौं : आइतबार मलेसियाबाट नेपाल एयरलाइन्स’मार्फत १२ शव नेपाल ल्याइएको छ । आइतबार एकैपटक मलेसियामा ज्या’न गु’माएका विभिन्न जिल्लाका श’व नेपाल ल्याइएको हाे ।

आइतबार नेपाल एयरलाइ’न्समार्फत महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोर्खाका मेघबहादुर कुँवर र सूर्य विकको शव ल्याइएको छ ।

यसैगरी भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्वल भुजेलको शव पनि ल्याइएको छ।

रोजगारीका क्रममा रहेका र विभिन्न समयमा ज्या’न गु’माएका १२ नेपालीको शव एकैसाथ ल्याइएको जनाइएको छ । को’रोना संक्र’मणका कारण उडान अस’म्भव हुँदा मलेसियाबाट श’व ल्याइएको थिएन ।

आइतबार आफ्नो निर्वाचन क्षेत्रका युवाको शवसमेत ल्याइएको थाहा पाएपछि जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई त्रिभुवन विमानस्थल पुगेका थिए।

गोरखा–२सिरानचोक– ५का २८ वर्षीय सूर्य विक र गोरखा नपा–१२ का २७ वर्षीय मेघबहादुर कुॅवरको श’व बुझ्न आएका आफन्तहरूको भाववि’ह्वल अवस्था देख्दा आफूले आँ’शु थाम्न नसकेको टिव्ट’मार्फत् भनेका छन् ।

उनले भनेका छन्, ‘कस्तो दुःखद अवस्था ! वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको श’व एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो ! तीमध्ये गोरखा–२सिरानचोक–५का सूर्य विक (२८बर्ष) र गोरखा नपा–१२का मेघबहादुर कुॅवर (२७ बर्ष) को शव बुझ्न आएका आफन्तहरूको भाववि’ह्वल अवस्था देख्दा कसरी आँ\शु था|मिन्थ्यो र !’

२०७७ चैत्र २२, आईतवार २३:१४ गते 1 Minute 621 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार