२०७८ कार्तिक ८ सोमबार

चन्द्रपुर नगरपालिका द्धारा धुर्मुस—सुन्तली फाउण्डेसनलाई २० लाख सहयोग ।

उपेन्द्र गोले
रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेसन नेपाललाई आर्थिक सहयोग गरेको छ । शुक्रबार धुर्मुस स्ुन्तली फाउण्डेसनका कलाकार कुञ्जना घिमिरे

सुन्तलीलाई रौतहटको चन्द्रपुर—८ स्थित नमुनाबस्तिमा एक कार्यक्रमकाबिच नगर प्रमुख रामचन्द्र चौधरी र उपप्रमुख रामरति चौधरीले संयुक्त रुपमा २० लाखको चेक हस्तान्तरण गर्नु भएको छ । सामाजिक अभियन्तामा छुट्टै पहिचान बनाउन सफल हुनु

भएका फाउण्डेसनलाई केही बर्ष अगाडी नै गरेको प्रतिबद्धता अनुरुप शुक्रबार २० लाखको चेक हस्तान्तरण गरिएको नगर प्रमुख चौधरीले बताउनु भयो । बिचल्ली अबस्थामा रहेका डुम तथा मुसहर समुदायहरुको साहारा बनेको धुर्मुस सुन्तली

फउण्डेसनलाई नगरपालिकाको तर्फबाट २० लाख सहयोग गर्न पाउदा आफुलाई सौभाग्य मिलेको महसुुुस भएको उपप्रमुख रामरति चौधरीले बताउनु भयो ।

चन्द्रपुर नगरपालिकाले फाउण्डेसनको कार्यप्रति सम्मानका साथ सहयोग प्राप्त भएकोमा सामाजिक काम गर्ने हौसला अझ बढेको फाउण्डेसनका सुन्तली कुञ्जना घिमिरेले प्रतिक्रिया दिनु भएको छ । -गुन्जन यफ यम बाट

२०७७ चैत्र २२, आईतवार २३:२४ गते 1 Minute 1330 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार