२०७८ कार्तिक ८ सोमबार

सुत्नु अघि खानुहोस् २ वटा ल्वाङ, मिल्नेछन् यति धेरै नसोचेका चमत्कारिक फाइदाहरु !

हामी थुप्रै स्वास्थ्य समस्याहरूबाट छुटकारा पाउन सक्छौं। ती मध्य एक हो ल्वांग। ल्वांगमा इउजेनल समावेश हुन्छ जसले स्वास्थ्य सम्बन्धी समस्या जस्तै साइनस र दाँतको दुखाइको लागि लाभदायक हुन्छ।

आज हामी तपाईंलाई ल्वांगको त्यस्तै एक प्रयोगको बारेमा बताउनेछौं जसले कुल ५ शारीरिक समस्याबाट छुटकारा पाउनमा मद्दत गर्छ। यसको लागि तपाईंले राति सुत्नु अघि २ वटा ल्वांग खानु पर्छ।

फाइदाहरु !

१. पेट दुख्ने समस्या

यदि तपाईंलाई पेट दुख्ने समस्या छ वा पाचन शक्ति कमजोर छ भने रातमा सुत्नु अघि दुईवटा ल्वांग नून पानीमा मिलाएर सेवन गर्नुहोस् वा खाना खाए पछि एउटा ल्वांग चबाउनुहोस्। केही दिनमै तपाईंको पेट दुख्ने समस्या कम हुन्छ।

२. टाउको दुख्ने समस्या

टाउको दुख्ने समस्याको लागि पनि ल्वांगको सेवन लाभदायक हुन्छ। यसको लागि, टाउको दुखेको समयमा दुई वटा ल्वांग मन तातो पानीका साथ सेवन गर्नुहोस्। केहि समय मै आराम मिल्छ। यसको कुनै साइड इफेक्ट पनि हुँदैन।

३. घाँटी दुख्ने समस्या

मौसम परिवर्तनले होस् वा बाहिर केहि गलत खाएको कारण तपाईंको घाँटी दुखेको छ भने दुई वटा ल्वांग खानुहोस्। यसले घाँटी देख्ने समस्याबाट छुटकारा दिन्छ।

४. चिसो लाग्यो भने

यदि तपाईंलाई चिसो लाग्यो भने महको साथ एउटा ल्वांगको सेवन गर्नुहोस्। ३-४ दिनसम्म दैनिक यो उपाय गर्नाले चिसो लाग्दैन।

५. अनुहारको दाग-धब्बा

ल्वांगको प्रयोगले अनुहारका डण्डीफोर, ब्ल्याकहेड्स वा व्हाइटहेड्सबाट पनि राहत पाउन सकिन्छ। यसको लागि, तपाईं जुन फेस प्याक प्रयोग गर्नुहुन्छ, त्यसमा थोरै ल्वांगको तेल मिसाउनु होस् र अनुहारमा प्रयोग गर्नुहोस्। हप्तामा २ पटक यसो गर्नाले अनुहारका डण्डीफोर, ब्ल्याकहेड्स वा व्हाइटहेड्स हराउनेछ र नयाँ चमक आउनेछ।

२०७७ चैत्र २३, सोमबार ११:१० गते 1 Minute 2555 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार