आइतबार , साउन १०, २०७८

ब्रेकिङ : फेरि देशभरि बढ्यो वायु प्रदु’षण, काठमाडौंमा एक्कासि चिसो महसुस !

चैत्र २३, २०७७ सोमबार 883

काठमाडौं : देशभरि फेरि वायु प्रदु’षण बढेको छ । बिहीबार साँझ परेको वर्षाले केही प्रदु’षण घटे पनि आइतबारदेखि फेरि बढेको हो ।

हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदू’षणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तु’वाँलो लागेको हो ।

देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सि’र्जित धु’वाँका कणहरु वायु’मण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदु’षण धनगढीमा छ । धनगढी एयर क्वा’लिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ । चितवनमा एक्युआई ३९८ छ भने ललितपुरमा एक्युआई ३२५ छ ।

एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखि’मपूर्ण मानिन्छ । ३ सयभन्दा माथि जानु चाहिँ घातक हो ।

तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सत’र्कता अपनाउन विभागले सबैमा अु’नरोध गरेको छ । दिउँसो थोरै घाम लागे पनि तुवाँलो पूरै हट्ने विभागको अनुमान छ ।

वायु प्रदुष’णले खत’राको तह पार गरेपछि गत साता सरकारले तीन दिन देशभरका विद्यालय बन्द गरेको थियो । आइतबारदेखि विद्यालय फेरि खुले पनि प्रदु’षण फेरि ह्वात्तै बढेको छ ।

वायु प्रदुषणले गर्दा काठमाडौं उपत्यकामा एक्कासि चिसो बढेको महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकको न्यूनतम तापक्रम ९.८ डिग्री से’ल्सियस छ तर पनि मौसम सु’क्खा भएका कारण चिसो बढेको हो ।

देशका केही भु–भागमा पार्नी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा प’रामर्श जारी गदौ महाशाखाले भनेको छ-

देशका पहाडी भू-भागमा आंशिक बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्ट’याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सत’र्कता अपनाउनु हुन अनुरोध छ । -न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्