२०७८ आश्विन १ शुक्रबार

अमेरिकाले नेपाललाई ३७ वर्षपछि फिर्ता गर्यो चो’री भएको ‘लक्ष्मी-नारायण’ को दुर्लभ मु’र्ती !

काठमाडौं : अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्ता’न्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँ’दिएको अप्सराको मू’र्ति आज हस्तान्तरण गरिएको हो ।

न्युयोर्कका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणि’ज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्ता’न्तरण गरेका महा’वाणिज्य दूतावासले जनाएको छ । गैर’कानूनी रूपमा प्राचीन साम’ग्रीको ओ’सारपसार एवं

खरिदबिक्री गर्ने समूहबाट अमेरिकी गृह मन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने अमेरिका सरकारको नीतिअनुसार हराएका मूर्ति पुनः प्राप्त गरी नेपाललाई हस्ता’न्तरण गरिएको हो । चार वर्षको अनु’सन्धान एवं कानूनी प्र’क्रिया पूरा गरी आज ती मूर्ति नेपाललाई प्रदान गरिएको हो ।

हराएका प्राचीन सामग्री हस्ता’न्तरण गरेकामा नेपालले अमेरिकी सरकार र सम्बद्ध सबैमा हार्दिक कृ’तज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता स’त्कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

गत फा’ल्गुन २१ गते शु’क्रबार नेपाली राज’दूतावासमा आयोजित कार्यक्रममा एफबीआईका डेप्यु’टी ए’सिस्टेन्ट डाइरेक्टर टिमाेथी एन. दुहमले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई मू’र्ति हस्ता’न्तरण गरेका थिए ।

सन् १९८४ मा पाटनबाट चो’री गरी अमेरिका पु¥र्‍याइएको मूर्तिलाई अमेरिकाको संघीय अनुस’न्धान ब्यूरो (एफबीआई) र कूटनीतिक सेवाअन्तर्गतको विदेश अप’राध अनुसन्धान हेर्ने कार्यालयको लामो अनुसन्धानपछि नेपाल फर्काउन लागिएको हो।

वासुदेव-कमलाजा भनिने लक्ष्मी-नारायणको उक्त काँस्य मूर्ति १२औँ र १५औँ शताब्दी’बीचको पुराता’त्त्विक सम्पदा हो। सन् १९८४ मा हराउनुअघि पाटनमा उक्त मू’र्तिको पूजा हुने गरेको थियो। नर र नारीको संयुक्त स्वरूप धा’रण गरेका देवताको उक्त दु’र्लभ मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रति’निधित्व गरेको छ।

नेपालका लागि अमेरिकी राजदूत र्‍या’न्डी बेरीले लक्ष्मी-नारायणको मू’र्ति नेपालीको हात फि’र्ता भएकोमा आफू असाध्यै खुशी भएको बताएका छन्। एक वि’ज्ञप्ति जारी गर्दै राजदूत बेरीले भने, “नेपाली संस्कृ’ति, धर्म र इतिहासमा अत्यन्त

ठूलो महत्त्व राख्ने अन्य वस्तुहरूलाई पनि नेपाल फर्का¥उन अमेरिकाले नेपालसँग सहका’र्य गर्नेछ। अन्य सरकार, संग्र’हालय र संकलकहरूले पनि त्यसै गर्नेछन् भन्ने मलाई आशा छ।” अमेरिकी सरकारले नेपाललाई सां’स्कृतिक सम्पदाको संरक्षणका लागि विभिन्न सहयोग गर्दै आएको छ। -सधैको खबर

२०७७ चैत्र २३, सोमबार १९:४८ गते 1 Minute 777 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार