बिहिबार , साउन २१, २०७८

बधाई ! नेपालमै बनेको मेडिकल ड्रोनले जित्यो अन्तराष्ट्रिय अवार्ड, पायो ५ हजार डलर पुरस्कार !

चैत्र २४, २०७७ मंगलबार 1890

काठमाडौ : नेपालमा बनेको मेडिकल ड्रोनले अन्तराष्ट्रिय पुरस्कार जित्न सफल भएको छ। ड्रोन अप्टिमाइज्ड थेरापी सिस्टम (ड्रोओट्स) नामक मेडिकल ड्रोनले ह्युम्यानिटेरियन अवार्ड २०२० जित्न सफल भएको हो।

अमेरिकामा अवस्थित दि एशोशिएसन फर अनम्यान्ड भेहिकल सिस्टम इन्टरनेशनल ९एयुभीएसआई० ले हरेक वर्ष आयोजना गर्ने एयुभीएसआई एक्सेलेन्स अवार्ड अन्तरगतको ह्युम्यानिटेरियन क्याटोगोरीमा ड्रोओट्स मेडिकल ड्रोन विजेता हुन् सफल भएको हो।

ह्युम्यानिटेरियन क्याटोगोरीमा नेपाल सहित ६ ओटा देशका प्रोजेक्ट फाइनलमा पुगेका थिए। त्यसमा नेपालले अवार्ड हात पार्न सफल भएको हो। एयुभिएसआईले अवार्डको लागि विश्वभरबाट दर्ता खुल्ला गरेपछि ड्रोओट्स पनि यसमा सहभागी भएको नेपाल फ्लाइङ ल्याब्सका कार्यकारी निर्देशक उत्तम पुडासैनीले बताए।

‘सामान्यतया अहिले जहाँपनि मेडिकल ड्रोनको परीक्षण मात्र भइरहेको छ’ उनले भने, ‘हामीले ड्रोन मार्फत डेलिभरी गरेको नमुनामा २५ भन्दा बढी बिरामीहरुको नमुनामा पोजेटिभ इफेक्ट देखाएको थियो।

क्षयरोग परीक्षणको लागि ६ महिनामा ७ सय भन्दा बढि नमुना ड्रोनबाट डेलिभरी गरेका थियौं ।’यो अवार्डको पुरस्कार राशी ५ हजार डलर (साढे पाँचलाख रुपैयाँ भन्दा बढी) रहेको छ। कोरोना भाइरसको कारणले अवार्ड कार्यक्रम भर्चुअल रुपमा गरिएको थियो।

ड्रोओट्स ड्रोन प्युठान जिल्लामा सञ्चालनमा ल्याइएको थियो। यस परियोजनामा बिराट नेपाल मेडिकल ट्रष्ट (बीएनएमटी) पब्लिक हेल्थ पार्टनरको रुपमा रहेको छ। बीएनएमटीले नेपालका धेरै जिल्लामा क्षयरोगको प्रोजेक्ट चलाइरहेको छ।

प्रतिकृया दिनुहोस्