२०७८ आश्विन ४ सोमबार

सीमा बन्द रहँदा गैरकानुनी रूपमा अमेरिका प्रवेश नगर्न आग्रह !

काठमाडौं : अमेरिकाले छिमेकी देश मेक्सिकोसँग सिमाना ब’न्द गरेको छ । अवै’धानिक रूपमा हजारौँ मानिस मेक्सिकोको सिमाना हुँदै अमेरिका प्रवेश गरिरहेका कारण सिमाना ब’न्द गर्नु परेको अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी संयोजक रोबर्टा ज्याकोब्सनले जानकारी दिएका छन् ।

ज्याकोब्सनले अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गरेका छन् ।
फेब्रुअरीमा मात्रै गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने लगभग एकलाख व्यक्तिलाई सीमा क्षेत्रमा नि’यन्त्रण गरिएको थियो, ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट वार्षिक हजारौँ संख्यामा विनाभिसा अमेरिका छिर्ने गरेका छन।

पछिल्लो समय अमेरिका प्रवेश गर्न चाहे पनि साथमा प्रवेशाज्ञा अनुमति कागजात नभएका व्यक्ति मे’क्सिको हुँदै अमेरिका छिरिरहेको उनले बताए ।मेक्सिकोमा अवस्थित अमेरिकी दूतावासबाट अडियो–भिडियोबाट ज्याकोब्सनले ‘सीमामा नआउनु र सीमा बन्द’ रहेको जानकारी दिएका हुन। ज्या’कोब्सनले अवैधानिक ढंगबाट अमेरिका प्रवेश गर्न चाहने व्यक्ति आ’पराधिक त’त्व र मानव तस्क’रबाट पी’डितहुने जो’खिम

पनि जनाएका छन् । राष्ट्रिय सुरक्षा परिषद्मा दक्षिण अमेरिकी प्रमुख हुवाँ गोन्जालेज र ज्याकोब्सनले मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डसँग मेक्सिको सिटीमा वार्ता गरेपछि अमेरिका–मेक्सिकोबीचको सिमाना ब’न्द भएको अडियो सार्वजनिक भएको हो ।

आर्थिक सं’कट, अप’राध र पर्यावरणीय विप’द्बाट जीवन क’ष्टप्रद भएको जनाउँदै ज्याकोब्सनले मध्यअमेरिकी मुलुकबाट ठूलो संख्यामा व्यक्ति अमेरिका प्रवेश गर्न मेक्सिकोको बाटो हुँदै उत्तरतर्फ बढेको बताएका छन्। बाल’बच्चा सहित ठूलो संख्यामा मानिस कैयौँ दिनदेखि हिँडेरै अमेरिकी सीमामा पुग्न लागेको आप्रवासीका क्षेत्रमा क्रियाशील संस्थाले जनाएको छ ।

ज्याकोब्सनले मेक्सिकोको उत्तरी सीमा क्षेत्रमा यात्रा निकै कठि’नाइपूर्ण रहेको स्प’ष्ट पारेका छन् । मेक्सिकोको उत्तरी सीमा हुँदै अमेरिका प्रवेश गर्ने मानिस मानव तस्करीमा परिरहेका छन्, मानव त’स्करले सीमापार गराइदिने प्रलोभनमा लु’टपाट र शोषण गर्न सक्ने खतरा त्यतिनै छ,’ मानव त’स्करीबाट सुरक्षित रहन सन्देश दिँदै ज्याकोब्सनले भने।

को’रोना भाइरसको म’हामारी फैलिइरहेको अवस्थामा ठूलो समूहमा हिँड्दा वा शिविरमा बस्दा संक्र’मण हुने ख’तरा बढ्ने उनको भनाइ छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा प्रशासनले उपलब्ध गराएको तथ्यांकमा गत फेब्रुअरीको एक महिनामै अमेरिका प्रवेश गर्न खोज्ने लगभग एक लाख व्यक्तिलाई सीमा क्षेत्रमा नियन्त्र’ण गरिएको थियो ।

आप्रवासीको संख्या दिनहुँ बढ्दै गए पछि अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यस्ता आ’प्रवासीलाई आफ्नो देश नछाड्न आग्रह गरेका छन्। गैरकानुनी रूपमा मेक्सिकोको सिमाना हुँदै अमेरिका प्रवेश गर्ने मानिसलाई मानव तस्करले सीमा पार गराइदिने प्रलोभनमा लु’टपा ट र शो ष’ण गर्न सक्ने ख’तरा रहेको अमेरिकाको भनाइ छ

राष्ट्रपति बाइडेनको आग्रहलाई बेवास्ता गर्दै ठूलो संख्यामा आप्रवासी अमेरिकी सीमा क्षेत्रमा ओइरिन थालेपछि अमेरिका र मेक्सिकोबीच वार्ता हुन थालेको छ । मेक्सिकोले अमेरिका तर्फ हिँडेका मध्यअमेरिकी आप्र’वासीलाई आफ्नो सीमामै रो’क्न दक्षिणी सीमा क्षेत्रमा सुरक्षा गस्ती बढाएको छ । जनवरीयता मात्र मध्यअमेरिकाबाट मेक्सिकोतर्फ हिँडेका कागजात’विहीन चार हजार १८० बालबालिकालाई नि’यन्त्रणमा लिइएको थियो ।

ज्याकोब्सन र गोन्जालेज दुवै मेक्सिकोमा छन् । ज्याकोब्सन र गो’न्जालेज आप्र’वासीको सम’स्या व्यवस्थापन गर्ने सम्बन्धमा योजना निर्माणका लागि मेक्सिकोका अधिकारीसँग छलफलमा व्यस्त रहेको एजेन्सीहरूले जनाएका छन् । यसै बीच, बाइडेन प्रशासनले ट्रम्पले अघि सारेका आप्रवासन नीतिमा फेरबदल गर्न चाहेको छ । ट्रम्पले आफ्नो चारवर्षे कार्यकालमा आप्रवासीविरोधी भएको जनाउँदै अमेरिका प्रवेश गर्नेमाथि कडा सर्त राखेका थिए ।

मेक्सिकोका विदेशमन्त्री एब्रार्डले आप्रवासनको समस्या सुल्झाउन क्षेत्रीय विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । ‘हामीले सहकार्य गरेको खण्डमा मेक्सिकोका दक्षिणी छिमेकी मुलुकको भविष्य भिन्न हुनेछ, कोही पनि व्यक्तिले गरि’बी, असुरक्षा र निरा शाका कारण आफ्नो देश छाड्नुपर्ने छैन,’ राष्ट्रपति बाइडेनले भने ।

अमेरिकामा खासगरी ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट हरेक वर्ष हजारौँ संख्यामा गैरकानुनी रूपमा अमेरिका प्रवेश गरिरहेका छन् । यी मुलुकमा व्याप्त भ्र’ष्टाचार, हिं’सा र समुद्री आँ धीले यहाँको जनजीवन अति दयनीय बनेको छ ।

आप्रवासनले मानवीय संकटको स्वरूप लिएसँगै ट्रम्प प्रशासनले सन् २०१९ मा मेक्सिकोमाथि दबा’ब सिर्जना गरेपछि राष्ट्रिय सेनालाई नै सीमामा सेना परिचालन गरेको थियो। आप्रवासन माथि नि’यन्त्रण गर्न प्रभा’व’कारी कदम नचाले मेक्सिकोबाट अमेरिकातर्फ हुने आया तमा करवृद्धि गर्ने चेतावनी ट्रम्पले दिएका थिए।

ट्रम्पको नीति उल्ट्याउँदै बाइडेन प्रशासनले हाल कूट’नीतिक विधिलाई बढी प्रयोगमा ल्याउन चाहेको छ। यसमा पनि मेक्सिकोको सहयोग अपरि’हार्य हुनेछ । आ’प्रवासीको मु’द्दालाई सम्बोधन गर्दै बाइडेन प्रशासनले चार अर्ब डलर विकास सहायता यस क्षेत्रका मुलुकलाई उपलब्ध गराउने भएको छ । -खबर हाउस

२०७७ चैत्र २४, मंगलवार ११:५१ गते 1 Minute 843 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार