२०७८ आश्विन ५ मंगलवार

हिजोराति भारतमा गएको भूकम्पले चितवनमा बन्दै गरेको पुल भत्किएको !

चितवनको भरतपुर महानगरपालिका– १ ठिमुरादेखि देवघाट गाउँपालिका– ५ को घिनटार जोड्ने त्रिशुली नदीमाथि निर्माणाधीन पुल भ’त्किएको छ ।

सोमबार राति भारतमा गएको भूकम्पको धक्का नेपालमा समेत महसुस गरिएपछि उक्त पुल सोही कारण भत्किएको हुनसक्ने आशंका गरिएको सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन इन्जि’नियर कृष्ण राज अधिकारीले बताए ।

४०–४० मिटरको चार स्थानमा बीम राखेर निर्माण गरिँदै गरिएको पुलको ८० मिटर भ’त्किएको अधिकारीले जानकारी दिए ।४० मिटर बनिसकेको पुल भत्किँ’दा थप ४० मिटर भ’त्किएको उनले बताए ।

उनका अनुसार २२० मिटर लामो लम्बाइ र ८.५ मिटर चौडाईको पुलको ८० मिटरमा ढलान भइसकेको थियो ।
ढलान भएको २१ दिनमा नै पुल भत्कि’एको छ । उनले भने, ‘यो पुल प्रि’स्ट्रेसिङ पुल हो ।

यस्तो पुलको निर्माण गर्दा ढलान गरेको २८ देखि ५० दिन भित्र ढलान भित्रबाट मेसिनले तान्नुपर्ने हुन्छ ।भित्रबाट केबल राखेर नता’न्दासम्म सर्पोट’हरुमा हल्का मात्रै हल्लियो भने पनि पुल भ’त्किने सम्भावना हुन्छ ।’ पुल इलाइट, एड’भेन्चर र इन्द्रेणी जेभीले संयुक्त रुपमा निर्माण गरिरहेको बताइएको छ । यस बारेमा थप अनु’सन्धान भइरहेको अधिकारीले बताए

२०७७ चैत्र २४, मंगलवार १५:२९ गते 1 Minute 1093 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार