आइतबार , साउन १०, २०७८

प्रधानमन्त्री ओलीविरु’द्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी !

चैत्र २५, २०७७ बुधबार 570

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीवि’रुद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको छ । २३ चैत्रभित्र नै अविश्वासको प्रस्ताव ल्याउने गरी तयारी भएको बुझि’एको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समि’करण बनाएर अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको हो । त्यसका लागि भित्री रुपमा गृह’कार्य भइरहेको विश्वस्त स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने काँग्रेस व’रिष्ठ नेता रामचन्द्र पौडेलले खुलासा गरिसकेका छन् । उनले आज नेपाली काँग्रेस नुवाकोटले आयोजना गरेको कार्यक्रममा यस्तो खुलासा गरेका हुन् ।

उनले भने,‘हामी प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव पेश गर्छौं, त्यसका लागि अहिले विपक्षीमा रहेका र हिजो प्रतिगमनविरु’द्ध संघर्ष गरेका दलहरुबीच सहमति बनाउँछौं ।’

उनले सरकारको ने’तृत्व काँग्रेसले गर्ने दाबी समेत गरे ।
काँग्रेस, माओवादी केन्द्र र जसपाबीच प्रधानमन्त्रीमा कस्को नाम प्रस्ताव गर्नेबारे सहमति बन्न सकेको छैन ।

यसमा सहमति बनेमा सम्भवतः भोलि नै अविश्वासको प्रस्ताव दर्ता हुनसक्छ । प्रधानमन्त्रीका नाममा सहमति बनाउने अन्तिम तयारी चलिरहेको छ । यसका लागि तीनवटै दलका नेताहरु सक्रिय छन् । -रिपोर्टस क्लब

प्रतिकृया दिनुहोस्