२०७८ आश्विन १३ बुधबार

काठमाडौं ,आजपनि विश्वकै एक नम्बर प्रदुषित शहर- टप ७ प्रदुषित शहर दक्षिण एशियाकै !

काठमाडौं : विश्वको वायु प्रदु’षित शहर मापन गर्ने आइ’क्यूएयर डट कममा आजपनि काठमाडौं पहिलो स्थानमा परेको छ । यसअघि पनि पटक पटक विश्वको पहिलो प्रदु’षित शहरमा परेको काठमाडौं बुधबार बिहान पनि १ नम्बरमा परेको हो ।

आइक्युएयर डट कममा काठमाडौंको एक्यूआई २६० रहेको छ । त्यस्तैगरी दोस्रो प्रदु’षित शहरको रुपमा भारतको राजधानी दिल्ली परेको छ । दिल्लीको एक्यूआई १६० रहेको छ ।
तेस्रो प्रदुषित शहरको रुपमा रहेको अफगानस्तानको राजधानी कावुलको एक्यूआई १५३ रहेको छ ।

भारतको कोलकत्ता चौथो प्रदु’षित शहरमा रहेको छ । कोकत्ताको एक्यूआई १४५ रहेको छ । त्यस्तै छैटौँ र सातौँ स्थानको प्रदुषित शहरमा पनि दक्षिण एशियाकै पाकिस्तानको राजधानी लाहोर र बंगलादेशको ढाका रहेको छ ।

दुवैको एक्यूआई क्रमस १४२ र १४० रहेको छ ।काठमाडौंको वा’यु प्रदुष’ण हुनुमा भारतको विभिन्न क्षेत्रबाट उडेर आएको धुलो र मुलुकभरी लागेको डढेलो भएको विज्ञहरुले बताएका छन् । वायु प्रदु’षणका कारण मानव स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने हुनाले,

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन स्वास्थ्यविदहरुले बताइरहेका छन् ।यसअघि वायु प्र:दुषणकै कारण सरकारले विद्यालय बन्द गरेको थियो । आइतबारबाट मात्रै विद्यालयहरु संचालनमा आएका थिए।

२०७७ चैत्र २५, बुधबार १५:४० गते 1 Minute 688 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार