२०७८ आश्विन १ शुक्रबार

एसपी गुरुङको एक्सन – घुस लिँदै गरेका तीन प्रहरी प’क्राउ !

चितवन : यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई प क्रा’उ गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मंगलबार राति ९ बजे पुलचोकबाट प क्रा’उ गरेको हो ।

कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार लोकश बहादुर घर्ती, जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत प्रहरी जवान पूर्णसिंह रेश्मी मगर लाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई घु’स दिएको अभियोगमा एक किराना व्यवसायीसँगै पाँच जनालाई प क्रा’उ गरिएको गुरुङले जानकारी दिए । उनीहरुको साथबाट घुसबापत लिएको रु दुई हजार १ सय ५० समेत ब’रामद गरिएको छ। उनले भने, “प क्रा’उ परेका तीन जना प्रहरी लाई निलम्बन गरी अनुसन्धानको प्रक्रिया सुरु गरिएको छ ।”

गुरुङका अनुसार उनीहरुले पैसा सङ्कलनका लागि नारायणगढमा रहेको कालीगण्डकी किराना पसलका सञ्चालक राजेन्द्र पराजुलीलाई जिम्मा दिने गरेका थिए । उनलाई समेत नि’यन्त्रणमा लिइएको उनले जानकारी दिए ।

घु’स दिने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की रहेका छन् ।

यस्तै केरुङ यातायातका छिरिङ लामालाई प्रहरीलाई घुस दिएको अभियोगमा प क्रा’उ गरी पाँचैलाई अभद्र व्यव हारमा मु’द्दा दर्ता गरिएको उनले बताए । पार्किङ निषेध तथा रोक्न निषेध गरेको स्थानमा पार्किङ गरेबापत बस, अटो रिक्सा, म्याजिक भ्यान लगायतका सवारी चालकसँग रकम लिएको उनले बताए ।

२०७७ माघ ९, शुक्रबार ०५:३४ गते 0 Minutes 826 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार