शनिबार , जेठ २९, २०७८

माओवादीद्वारा कारबाहीमा परेका ४ मन्त्रीको सांसद पद गुमेकाे घाेषणा हुँदै !

चैत्र २६, २०७७ बिहिबार 278

काठमाडौँ : नेकपा माओवादी केन्द्रले का’रबाही गरेका ४ जना मन्त्रीको सांसद पद गु’मेकाे घाेषणा हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली,

नेतृत्वको सरकारमा रहेका ती मन्त्रीहरु माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका थिए । सोही क्रममा माओवादी केन्द्रले का’रबाही गरेपछि उनीहरुको सांसद पद गुमेको हो ।माओवादी केन्द्रले पठाएको पत्रअनुसार सभामुख अग्निप्रसाद सापकोटाले हाल ओली सरकारमा रहेका ऊर्जामन्त्री,

टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहसंसदको सदस्य नरहेको घोषणा गर्ने बताइएको छ ।गत मंगलबार माओवादी केन्द्रले उनीहरुलाई सांसद पदबाट ह’टाउन संसद सचिवालयलाई पत्र पठाएको थियो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा वि’घटन गर्दा साविक नेकपाका केही मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । सोहीक्रममा माओवादी खेमाका यी मन्त्रीहरु सरकारमा गएका थिए ।दिउँसाे १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

प्रतिकृया दिनुहोस्