शनिबार , जेठ २९, २०७८

चूरोट र सुर्तिको लतमा २० वर्ष मुनिका युवाहरु बढी सक्रिय !

चैत्र २६, २०७७ बिहिबार 280

काठमाडौं : सु’र्तीजन्य पदार्थको सेवनमा २० वर्षमुनिका युवाको सहभागिता बढेर गएको छ । स्कुल र कलेज तहका किशोर–किशोरीलाई सु’र्तीजन्य पदार्थको लतमा पर्न नदिन चेत:नामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ ।

स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा भएको सुर्तीजन्य पदार्थको स्वास्थ्यमा प्र:भाव र यसको नियमएनसम्बन्धी ऐन नियम र माप,दण्डका सम्बन्धमा आयोजित पैरवी कार्यक्रमका सहभागीले युवा र किशोर अवस्थामा सुर्तीजन्य वस्तुको सेवनबाट बचा’उनुपर्ने आवश्यकताबारे चि’न्ता व्यक्त गरे ।

बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले किशोर अवस्थामा कुलतबाट जोगाउन सकेमात्र भविष्यमा दक्ष जनशक्ति उत्पादन गर्न सकिने भन्दै प्रशासनबाट नियमन कडाइ गरिने बताउनुभयो । उहाँले सार्व’जनिकस्थलमा चुरोट र सुर्तीजन्य वस्तु सेवन गर्नेलाई कार:वाही गरिने बताउनुभयो ।

“कार’वाही गर्ने अधिकारीका रूपमा प्रजिअलाई तोकेको छ, अब हामी कडाइका साथ अनु’गमन पनि गर्छौं”, कार्कीले भन्नुभयो, “अब जता पायो त्यतै जहाँ पायो त्यहीँं धुम’पान गर्दा कारवाही भोग्नुपर्छ ।” सरकारले २०६८ सालमै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन ल्याए पनि प्रभावकारी कार्या’न्वयन भएको छैन ।

विद्यालय र कलेज पढ्ने बालबालिकामा चुरोट खाने प्रवृ’त्ति बढेको, त्यसपछि क्रमशः युवा दुव्र्य:सनमा फस्ने तथा लागु’पदार्थ सेवनमा लाग्दा घरपरिवार तथा राष्ट्रकै लगानी खेर जाने, दक्ष जनशक्ति उत्पादनमा ह्रा’स आउनेजस्ता काम भइरहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले एक तिहाइ नेपालीले अहिले पनि धुमपान गरेको तथ्य बताउनुभयो । साथै उहाँले १७ वर्षमुनिबाटै धुमपान सिक्ने गरेको अध्ययनले देखाएको भन्दै विद्यालय तहलाई समयमै सम्बोधन गर्न ढि’लाइ गर्न नहुने बताउनुभयो ।

अहिले पनि सत्र वर्षमुनिका झण्डै १९ प्रतिशत किशोरकिशोरी त्यस्तो ल’तमा देखिएको बताइएको छ । त्यस्ता वस्तुको सेवनले क्या’न्सर, मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग र अन्य धेरै नसर्ने रोग लाग्ने गरेको तथ्यसमेत भेटिएको छ । विश्वमा अहिले पनि एक अ’र्ब मानिस सुर्तीजन्य वस्तुको सेवनबाट नसर्ने प्रकृतिका जटि’ल रोग बोकेर बसेकोसमेत गुरौले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्