२०७८ आश्विन १३ बुधबार

नेपालमा गैँडाको सङ्ख्या बढेपछि मन्त्री आले खुशी !

काठमाडौं : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा यस वर्ष एकसि’ङ्गे गैँडाको सङ्ख्यामा वृद्धि भएपछि खुशी व्यक्त गर्नुभएको छ ।

चितवनमा आज सार्वजनिक गरिएको राष्ट्रिय गैँडा ग’णना, २०७७ को नतिजाले नेपालमा गैँडाको सङ्ख्यामा वृ’द्धि भएको देखाएपछि मन्त्री आलेले खुशी व्यक्त गर्नुभएको हो ।

पाँच वर्षअघिको तुल’नामा यस वर्ष १०७ वटा गैँडा वृद्धि भएको छ । नेपालमा गैँडाको बासस्थानको सुरक्षा तथा आहाराका लागि सरकारले गरेको योग’दान पछिल्लो समय सफल हुँदै गएको मन्त्री आलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वन्यजन्तु संरक्षणको क्षेत्रमा नेपालले गरेको यो’गदान अहिले सफल हुँदै आएको छ, जसको प’रिणाम आज सार्व|जनिक गरिएको गैँडाको सङ्ख्यामा देखियो ।”

नेपालमा गै’डाको सङ्ख्या अबका वर्षहरुमा पनि बढ्दै जाने मन्त्री आलेले विश्वास गर्नुभएको छ । यस वर्षको गणनामा नेपालमा एकसि’ङ्गे गैँडाको सङख्या ७५२ पुगेको छ ।

यस वर्ष गरिएको गण’नामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकु’ञ्जमा ३८, शुक्लफाँटा वन्यज’न्तु आरक्षमा १७ र पर्सा वन्य’जन्तु आरक्षमा तीनवटा गैँ’डा भेटिएका हुन् ।

२०७७ चैत्र २८, शनिबार २३:५३ गते 1 Minute 333 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार