२०७८ आश्विन १३ बुधबार

तातो चीज खानासाथ नखानुहोस् दही, कुन चीजसँग के नखाने जान्नुहोस ।

काठमाडौ : हरेक चीन सेवन गर्दा हामीले ध्यान दिन जरुरी हुन्छ । यदी खानामा सन्तुलन नमिल्यो भने विभिन्न स्वास्थ्य समस्या पनि देखिन थाल्दछन् ।

केही यस्ता चीज छन् जो केही चीजसँग खान हुँदैन्। आज हामी तपाईलाई कुन चीजसँग के नखाने भन्ने बारेमा जानकारी दिदैछौँ । आउनुहोस् जानौँ कुन चीजसँग के खान हुँदैन ?

दुध र माछा–मासु एकै साथ वा उत्तिखेरै खानु हुँदैन । मासु र सातु एकै साथ खानु हुँदैन। परेवाको मासु तेलमा भुटेर खानु हुँदैन । गरम चीज खादा उत्तिखेरै वा साथ साथै दही खानु हुँदैन । तामाको भाडामा धेरै बेर राखेको दुध नखानु ।

काँशका भाडामा धेरै बेर राखेको घिउ नखानु । महसँग तातो चीज वा तातो दूधमा मह राखेर नखानु । खीरसँग खिचडी, तर्कारी वा दही, मोही नखानु । घिउ मह बराबर मिलाएर नखानु । धेरै प्रकारका मासु एकै छाकमा वा एकै दिनमा नखानु ।

घिउ, तेल, मह, पानी र दुध एकै साथ वा उत्तिखेरै नखानु । मोही, दाल र भात मुछेर वा उत्तिखेरै नखानु । मूला, लसुन र तुलसी खाएर वा एकछिनपछि दूध नखानुहोस्। यी बस्तु खाएमा स्वास्थ्यमा नराम्रो असर पर्नुका साथै विभिन्न स्वास्थ्य समस्या पनि देखिन थाल्दछन्।

२०७७ चैत्र २९, आईतवार ००:१४ गते 0 Minutes 718 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार