२०७८ कार्तिक १ सोमबार

चार दिन हिँडेर योजना सम्झौता गर्न सदरमुकाम आइपुगे लिमीका बासिन्दा !

हुम्ला : हिमालपारिको गाउँ लिमीबाट चार दिन पैदल हिँडेर योजनाको सम्झौ’ता गर्न स्थानीय बासिन्दा सद’रमुकाम सिमकोट आइपुगेका छन् ।

प्रदेश र स’ङ्घीय सरकार मातहतका कार्यक्रम सदरमुकाम सिमकोटमै भएको कारण न्यालु लेकको हिउँ छि’चोल्दै उनीहरू सदरमुकाम सिमकोट आइपुगेका हुन् ।

नाम्खा गाउँपालिका–६, हल्जीगाउँमा तटब’न्धन बनाउने योजनाको डिभिजन वन कार्यालयसँग स’म्झौता गर्न सिमकोट आइपुगेको निर्माण उपभोक्ता समितिका सदस्य तुण्डुप तामाङले बताए ।

गाउँमा गठन गरिएको उपभोक्ता समितिले सो कार्यालयसँग सम्झौ’ता गरेको उनले जानकारी दिए ।लिमीका बासिन्दाले विकास निर्माणका काम गर्न चार दिन पैदलै हिँडेर स’म्झौताका

लागि सदरमुकाम सिमकोट धाउनैपर्ने बा’ध्यता रहेको छ । चार दिन हिँडेर सिमकोट आइपुगेको र योजनाको सम्झौता भएकाले अब गाउँ फर्केर निर्माण कार्य सुरु गरिने तामाङले उल्लेख गरे । त्यसैगरी वडा कार्यालय भवन र स्टोर भवनको घेरबार

निर्माणका लागि गाउँपालिकासँग सम्झौ’ता गर्न न्यालु लेकको तीन फिट हिउँ छि’चोलेर आई सम्झौ’ता गरेको सो योजनाका उपभोक्ता समितिका सदस्य पासाङ दोर्जी तामाङले बताए । न्यालु लेकमा हिम’पातले गाडी सञ्चालन नभएका कारण
निकै क’ष्टका साथ पै’दल हिँडेर सम्झौ’ता गर्नुपरेको उनको भनाइ छ ।

सो योजना ३७ लाख रुपियाँमा नि’र्माण हुने बताइएको छ ।योजनाको स’म्झौता गाउँमा नहुने भएपछि विकास गर्न यसरी गाउँपालिका केन्द्र र सदरमुकाम सिमकोटमा रहेका कार्यालयमा धाउनुपर्ने बाध्य’ता लिमी’वासीको रहेको बताइन्छ । याे खबर गोरखापत्र दैनिकमा छ ।

२०७७ चैत्र २९, आईतवार १०:२२ गते 1 Minute 200 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार