शनिबार , जेठ २९, २०७८

राज्यको तलब लिने सबैका छोराछोरी सरकारी विद्यालयमा अनिवार्य भर्ना हुनुपर्ने !

चैत्र २९, २०७७ आइतबार 275

काठमाडौं : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारी सेवा सुविधा र जागिरमा रहने सबैका छोरा छोरीलाई अनिवार्य रुपमा सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन सरकार समक्ष माग गरेको छ ।

अनेरा स्ववियुले आगामी बजेटका सन्दर्भमा शिक्षा क्षेत्रमा समेटिनु पर्ने विषयहरूलाई सुझा’वका रुपमा पेश गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीका स’न्दर्भमा संविधानले गरेको व्यवस्था कार्यन्वयनमा यस वर्षको बजेट आबधार वर्षे बन्नुपर्ने बताएको छ ।

अर्थ मन्त्री विष्णु पौडेललाई भेटेर अ’नेरास्व’वियुका अध्यक्ष ऐन महरसहितका नेताहरूले बजेट जनमूखी र विद्यार्थीको पक्षमा हुनुपर्ने माग गरेका छन् । आगामी बजेटमा शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट छु’ट्याउन माग गरिएको अनेरास्व’वियुका कार्यालय सदस्य समिक बडालले बताए।

त्यस्तै शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षित तथा व्यवसायिक ऋ’ण उपलब्ध गराउने विगतको घो’षणालाई सहज र प्रभा’वकारी ढंगले कार्या’न्वयनमा लैजान हरेक बैंकका शाखाले न्यूनतम २०

जना विद्यार्थीलाई सो प्रकृ’तिका ऋ’ण उपलब्ध गराउन अनिवार्य व्यवस्था हुनुपर्ने माग अखिलले गरेको छ । अखिलले हरेक प्रदेशमा न्युनतम एउटा सरकारी शि’क्षण अस्पताल खोल्न र ती

अस्पतालमार्फत निःशुल्क उप’चारको प्रबन्धका लागि बजेटमा व्यवस्था गर्न समेत माग गरेको छ। अनेरा’स्ववियुले डिजिटल नेपालको अव’धारणा अन्त’र्गत हरेक सरकारी विद्यालय र क्याम्पस मा निःशुल्क इन्ट’रनेट जडान हुनुपर्ने र विद्यार्थीको बीमा कार्यक्रम समेत बजेटमा ल्याउन माग गरेको छ ।

प्रतिकृया दिनुहोस्