२०७८ कार्तिक १ सोमबार

चियापान,अतिथि सत्कार खर्चबापत् मेयरलाई मासिक मात्र २० हजार ।

काठमाडौं : ‘लु’ट्न सके लु’ट कान्छा..’ पशुपति शर्माको यो गीत त्यत्तिकै रचिएको होइन । तर, सत्तामा बस्नेले रुचाएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले मन पराएनन् त्यसपछि युट्युबबाटै हटाइयो भन्ने अभिव्यक्ति दिए ।

तर, सरकारले नै उक्त गीत हटाउन लगाएको थियो । र, अहिले यो गीत यु’ट्युबमा छैन । कसै कसैले आफ्नो युट्युबमा भने उक्त भिडियो हालेको देखिन्छ । गाउँ गाउँमा सिहदरबार’ भनेर सबै मानिसको कान फु’कियो तर, कर्मचारी र जनप्रति’निधिमात्र पोस्ने हिसाबले ।

त्यसैको उदाहरण हो यो- २०७७ फागुन २५ गते सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पठाएको नमूना कानून । जुन कानून पढ्दा जोकोहीले गम खाइन्छ । जहाँ स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई दिलाइएको सेवा सुविधा पढ्दा नै दिमाग रन्थ’निन्छ ।

१३ पेजमा बनाइएको कानूनभित्र जनप्रतिनिधि र कर्मचारीलाई यति सुविधा दिइएको छ कि जुन सेवा सुविधा कामअनुसार दिइएको छ जस्तो महसुस नै हुँदैन ।

गाउँपालिका/नगरपालिका कार्यसञ्चालन निर्देशिका, २०७७ को नमूना मस्यौँदा तयार गरी सबै स्थानीयलाई पठाएको सूचना विवरणमा चि’यापान, अतिथी सत्का’र, बिजुली बत्ती, पानी, टेलिफोन, रि’चार्ज कार्ड, कार्यालयका लागि घरभाडा, पारवहन सुविधा, बैठक भत्ता, खाजा खर्च, दैनिक भत्ता, पोशा’क, प्रोत्सा’हन भत्ता, तालिम, गोष्ठी र से\मिनार भत्तालगायत थु’प्रै शि’र्षकमा बजेट दिइएको छ ।

विविध शिर्षकमा भत्ता र सुविधा दिइएको छ । गाउँपालिका/नगरपालिकाका अध्यक्ष, प्रमुख, उपाध्यक्ष/उपप्रमुखको अध्यक्षतामा हुने बैठकमा प्रति बैठक १ हजार पाँच सय, अन्य पदाधिकारी वा क’र्मचारीको अध्यक्षतामा हुने बैठकमा प्रति बैठक

१ हजार २ सय र एक व्यक्तिले एक दिनमा दुई बैठक भ’त्तामात्र बुझ्न पाउने उल्लेख छ । जसका लागि कार्यालय समयबाहेक दुई घन्टाभन्दा बढी कार्य गरको हुनुपर्ने भनिएको छ । बैठक भ’त्ताबापत् कर कट्टा गरिने र पानी तथा खाजा खर्चबापत् साढे दुई सय रुपैयाँ पनि उपलब्ध गराइने भनिएको छ ।

चियापान तथा अतिथि सत्का’र खर्च ९ लाख मात्र

जारी निर्देशिकामा चियापान तथा अतिथि सत्कार खर्च शिर्षकमा स्थानीय तहका जनप्रतिनिधिलाई विशेष सेवा सुविधा दिइएको छ । चियापान तथा अतिथि स’त्कार खर्च’बापत् नगर प्रमुख(मेयर)लाई मासिक २० हजार, उपप्रमुख (उपमेयर)
लाई १५ हजार, गाउँपालिका अध्यक्षलाई १५ हजार,

उपाध्यक्षलाई १० हजार, गाउँ/नगरपालिकाको कार्यालयलाई १० हजार, वडाध्यक्ष/वडा कार्यालयलाई ५ हजार उपलब्ध गराइने भनिएको छ । मासिक २० हजारका दरले हिसाब गर्दा नगरप्रमुखले वार्षिक चियापान तथा अतिथि सत्कार खर्चबापत् २ लाख ४० हजार बुझ्छन् ।

१ लाख ८० हजार, गाउँपालिका प्रमुखले १ लाख ८० हजार, उपाध्यक्षले १ लाख २० हजार, गाउँ/नगरपालिकाको कार्यालयले १ लाख २० हजार, वडाध्यक्ष/वडा कार्यालयले ६० हजार बुझ्छन् ।

समग्रमा वार्षिक चियापान तथा अतिथि सत्कार खर्चका लागि मात्र ९ लाख रुपैयाँ ख’र्च चाहिन्छ । यसका साथै, पा’रवहन सेवा, सञ्चार सेवा, बैठक भत्तालगायत विविध शिर्षकमा दिइएका सेवा सुविधा जोड्दा जनप्रतिनिधिको सुविधा अ’कथनिय छ । -न्युज २४ नेपाल

२०७७ चैत्र ३०, सोमबार २०:४४ गते 1 Minute 379 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार