२०७८ आश्विन १ शुक्रबार

मलेसियामा विदेशी श्रमिकको तलब सुरक्षा गर्न यस्तो व्यवस्था लागु हुँदै ।

काठमाडौँ : मलेसिया सरकाले श्रमिकको तलब सुरक्षाका लागि नयाँ प्रणाली लागु गर्ने भएको छ । सरकारले रोजगारदाताबाट प्राप्त गर्ने तलबमा हुने ठगि रोक्न ई-वेज पद्दती लागु गर्ने भएको हो ।

उक्त प्रणालीले स्वदेशी तथा विदेशी श्रमिक ला’भान्वित हुने मलेसियाको सरकारी स’ञ्चार माध्यम बनर्माले जनाएको छ ।
रोजगारदाताले प्रतिवद्दता जनाएको तलव तथा सुविधा श्रमिकले पाउने सुनिश्चित गर्न निकट भविष्यमा यस्तो व्यवस्था लागुगर्न

लागेको मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले बताएका हुन् । स्थानीय सञ्चार माध्यमहरुले जनाएअनुसार उक्त विषयमा मन्त्री शरभनानले हालै गृह मन्त्रीसँग छलफल गरेका छन् । यो नयाँ पद्दतीले रोजगारदाताले आफ्ना श्रमिकलाई तलव तथा सुविधा उपलव्ध गराए नगराएको बारेमा जाँच गर्न सकिने

र ज्याला सुरक्षाको काम हुने जनाइएको छ । मन्त्री शरभनानले क्वालालम्पुरमा आयोजित एक पत्रकार सम्मेलनमा यो पद्दती लागु भएपछि हरेक महिना ७ तारिखभित्र कुन कुन

रोजगारदाताले आफ्ना श्रमिकलाई उपलव्ध गराउनु पर्ने तलव, सुविधा उपलव्ध गराए भन्ने जान’कारी प्राप्त हुने जसका कारण समयमै तलव उपलव्ध नगराउनेलाई नियन्त्रण गर्न सकिने बताए । कतिपय रोजगारदाताले नै आफूसँग काम गर्ने विदेशी

श्रमिकलाई प’क्राउ गराउन प्र’हरीमा उ’जुरी गर्ने र आफूले ति श्रमिकलाई तिर्नुपर्ने तलव वापतको बक्यौता रकम नदिने गरेको उनले बताए । यस्तो प्रणालीले रोजगारदाताले श्रमिकलाई कहिले सम्मको तलब दिए/नदिएको बारे जानकारी पाउन सकिने र बदमासी गर्नबाट रोकिने मन्त्री शरभनानले बताए ।-साजा सबाल

२०७८ बैशाख १, बुधबार ०५:४५ गते 1 Minute 657 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार