२०७८ कार्तिक ९ मंगलवार

क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग !

चितवन : पाल्पाको तिनाउ टिपर व्यवसायी संघले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्त’र्राष्ट्रिय क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सा’मग्री सहयोग गरेको छ ।

व्यवसायी संघमा आव’द्ध २९ वटा कन्स्ट्र’क्सन कम्पनीहरु मिलेर रंगशालाका लागि सो परीमाणको निर्माण सामग्री सहयोेग गरिएको हो ।आइतबार दिउँसो ५३ वटा टिपरले तिनाउबाट निर्माण साम’ग्री बोकेर चितवनको भरतपुरस्थित रंगशाला भित्रिएका हुन् ।

राष्ट्रिय झण्डा फहराउँदै र राष्ट्रिय गान बजाउँदै लाइन लागेर टिपरहरु रंगशालामा भित्रिएका थिए । व्यवसायीका तर्फबाट कार्यक्रम संयोजक बनेका तोया लम्सालले गौतमवु’द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जनस्तरको सहयोगबाट बनेको नेपालीहरुको साझा धरोहर भएकाले यसलाई सकेको सहयोग गर्नुपर्ने बताए ।

यो महाअभियानमा सबैले सहयोग गर्नुपर्छ भन्ने भावका साथ कयौं किलोमिटर टाढाबाट सकेको सहयोग गर्न यहाँ आएका छौं,’ संयोजक ढकालले भने, ‘हरेक नेपालीबाट सकेको सहयोग गर्न सके रंगशाला बन्न धेरै दिन लाग्दैन ।’

निर्माण सामग्री बोकेर आएका टिपर चालक र व्यवसायीलाई स्वागत गर्दै धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेले हरेक नेपाली जनताको साझा धरोहर क्रिकेट रंगशाला भएकाले सहयोग गर्नुपर्ने बताए ।

फाउण्डेशनका अध्यक्ष कट्टेलले आर्थिक स्रोत सहज भएमा अबको केही महिनामा नै रंगशाला तयार हुने बताए । रंगशालामा अहिले स्टाण्ड ‘ए’ र स्टाण्ड ‘बी’को प्याराफिटको काम भैरहेको छ ।

२०७८ बैशाख २, बिहीबार १५:३१ गते 1 Minute 437 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार