२०७८ आश्विन ५ मंगलवार

दाँत दुखेमा के गर्ने ? घरेलु विधिद्वारा यसरी उपचार गर्न सकिन्छ, थापाउनुहोस ।

दाँतले मानिसलाई सुन्दर बनाउन थप सहयोग गर्दछ । खाना चपाउँन सहयोग गर्छ । यसका साथै दाँतका धेरै उपयोगिताहरु छन् । तर, त्यहीँ दात कहिलेकाँही दुखेर मानिसलाई हैरान बनाउँछ ।

दाँत दुखेमा डाक्टरलाई तुरुन्तै देखाउनु पर्दछ । तर, तत्काल यो सम्भव छैन भने हामीले घरेलु विधिद्वारा यसलाई ठीक पार्न सक्छौं । आज हामी दाँतको दुखाइ ठीक पार्ने घरेलु उपायहरू बताउँछौं ।

१. निमप’त्ता लगाउने: ताजा निमको पातलाई पखालेर नुन मिसाई पिसेको लेदोलाई दाँत दुखेको ठाउँमा लगाउँदा निको गर्छ । निमको पातमा व्याक्टे’रियाबि’रुद्ध लड्ने गुणसमेत हुने भएकाले निमप’त्ता दुखाई कम गर्ने प्र’भावकारी घरेलु उपाय हो । हरियो निमपत्ता नभएमा सुकेको पातलाई पानीमा पकाएर सो मन तातो पानीले कुल्ला गर्न सकिन्छ । दैनिक तीनपटक मन तातो पानीले कुल्ला गर्नुपर्छ ।

२. नुन–पानीले कुल्ला गर्नेः एक कप मन तातो पानीमा एक चम्चा नुन मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको निको गर्छ । नुन–पानीले मुखमा भएका फोहर खानेकुरा हटाएर सफा गरिदिनुका साथै दुखाई निको गर्छ ।

३. लसुनको पेष्ट लगाउनेः दाँत दु’खाइको पी’डा न्यून गर्न लसुन एउटा आयुर्वेदिक औष’धि हो । लसुनमा हुने एलिसिन नामक तत्वले दाँतको पीडा निको पार्छ । दाँत दुखेको ठाउँमा लसुनको पेस्ट लगाउँदा दुखाई कम गर्छ ।

४. बेसारमा पानी मिसाएर लगाउनेः बेसारमा हुने एन्टिब्या’क्टेरियल तत्वले दुखाई कम गर्छ । आधा चम्चा बेसारमा केही थोपा पानी मिसाएर दाँत दुखेको ठाउँमा लगाउँदा दुखाई कम हुन्छ ।

५. ल्वाङको तेलको लगाउनेः ल्वाङको तेलमा एन्टिब्या’क्टेरियल तत्त्व हुने भएकाले दुखाइ कम गर्छ । तेलमा हुने इयुजेनोल नामक तत्त्वले दाँतको सं’क्रमण कम गर्छ । कटनमा दुई–तीन थोपा तेल मिसाएर दुखेको ठाउँमा लगाउँदा दुखाई कम गर्छ ।

६. काँक्राको गुदी लगाउनेः काँक्रोमा दुखाई शान्त पार्ने तत्व हुने भएकाले दाँत दुखाइमा यो उपयोगी हुने आयु’र्वेदमा उल्लेख छ । काँक्रोको गुदी दुखेको ठाउँमा राख्दा वा काँक्रो खाँदा दुखाइ कम गर्छ ।

७. तुलसी पातमा तोरीको तेल मिसाएर लगाउनेः तुलसीको पातलाई तोरीको तेलमा मिसाएर दुखेको ठाउँमा लगाउँदा दुखाई कम गर्छ ।

८. अशोक वृक्षको बोक्रा लगाउनेः अशोक वृक्षको बोक्राको धुलो पिसेर दुखेको ठाउँमा लगाउँदा दुखाई कम हुन्छ ।

९. हिङ लगाउनेः हिङलाई विभिन्न खानेकुरामा प्रयोग गरिन्छ । हिङमा हुने एन्टिव्या’क्टेरियल तत्वले दाँतको दुखाई कम गर्छ ।

१०. पुदिनाको पात लगाउनेः पुदिनाको पात चबाउँदा पनि दाँतको दुखाई कम हुन्छ । पुदिनामा हुने तत्वले दुखाईलाई शान्त पार्छ ।

११. त्रिफलाले मुख कुल्ला गर्नेः हर्रो, बर्रो अमलाको धुलोलाई तातो पानीमा मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको कमा हुन्छ । यसले दाँत कु’हिनबाट पनि बचाउँछ ।

१२. गहुको पातः गहुँको हरियो पात पिसेर दुखेको ठाउँमा लगाउँदा दुखाई कम गर्छ ।
१३. आलुः आलुको टुक्रालाई पातलो पार्ने र दुखेको ठाउँमा राख्दा शान्त पार्छ ।

१४. अदुवाः धेरै रोगको उपचारमा प्रयोग हुने अदुवा दाँतको दुखाई कम गर्न पनि प्रयोग गरिन्छ । अदुवालाई थिचेर दुखेको भागमा लगाउँदा यसले दुखाई कम गर्छ ।

१५. अम्बाको पातः अम्बाको पातलाई पेस्ट बनाएर दुखेको ठाउँमा लगाउँदा दाँतको दुखाई कम गर्छ ।

१६. तेल दल्नेः सस्र्युँ, नरिवल र सूर्यमुखीको तेल मिसाएर दाँत दुखेको ठाउँमा मिसाइ १० देखि १५ मिनेटसम्म दुखेको ठाउँमा राख्ने । त्यसपछि मनतातो पानीले कुल्ला गर्ने । दाँतको दुखाई कम हुन्छ ।

२०७८ बैशाख २, बिहीबार १५:४६ गते 1 Minute 681 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार